शिमुलतलामा अपहरण अनि पैसाको खेल, दुईजनाको अवस्था गम्भीर
शिमुलतलामा अपहरण अनि पैसाको खेल, दुईजनाको अवस्था गम्भीर


उत्तर 24 परगना, 17 अक्टोबर (हि. स.)। जिल्लाको बादुरिया थाना अन्तर्गत शिमुलतला क्षेत्रमा अपहरण तथा कुटपिटको एक सनसनीपूर्ण घटना सामु आएको छ। आरोप छ, केही उपद्रवीहरूले एकजना मसाला व्यापारीलाई अपहरण गरेर दुई लाख साठी हजार रुपियाँ असुल गरे। त्यसपछि व्यापारी समेत चारजना मानिसहरूलाई निर्दयतापूर्वक कुटपिट गरे। घाइतेहरूमध्ये दुईजनाको अवस्था गम्भीर रहेको बताइएको छ। दुवैलाई स्थानीय अस्पतालदेखि बसिरहाट सुपर स्पेशलिटी ह स्पिटलमा भर्ती गरिएको छ।

पुलिस सूत्र अनुसार अपहृत व्यापारीको नाम मोमिन मण्डल हो जो शिमुलतलाका निवासी औ मसाला व्यापारसित जोड़िएका छन्। गए बिहीवार अपरान्ह मोमिन आफ्ना तीनजना व्यापारिक सहयोगीहरूसित गाइघाटा गइरहेका थिए। बाटोमा केही उपद्रवीहरूले उनीहरूको कारलाई रोके।

आरोप छ, हतियारधारी उपद्रवीहरूले चारैजनालाई वाहनबाट उतारेर एक सुनसान स्थानमा लगेर निर्दयतापूर्वक कुटपिट गरे अनि उनीहरूसित रहेको सबै पैसा लुटे। त्यसपछि उपद्रवीहरूले मोमिन मण्डलको घरमा फोन गरेर थप पैाको माग गरे। परिवारका सदस्यहरूले 2.6 लाख रुपियाँ पुऱ्याइदिए पनि उपद्रवीहरूले उनीहरूलाई छोड़ेनन्। अबेर राती चारैजनालाई गम्भीर अवस्थामा सुनसान ठाउँमा फालिदियो। घाइतेहरूलाई पहिला बादुरिया ग्रामीण अस्पतालमा लगियो, तर दुईजनाको अवस्था गम्भीर रहेकोले उनीहरूलाई स्थानान्तरण गरियो।

यसबीच स्थानीय मानिसहरूले संदिग्ध रूपमा घुमिरहेका एकजना युवकलाई समातेर मरूञ्जेल कुटे अनि पुलिसलाई सुम्पिदिए। आरोप छ, युवकले उपद्रवीहरूको लागि “इनफर्मर”- को काम गर्दथ्यो अनि अपहरणमा उसको पनि संलिप्तता रहेको छ। पुलिसले उसलाई हिरासतमा लिएर जाँचबुझ गरिरहेको छ। साथै सम्पूर्ण मामिलाको जाँचमा पुलिस जुटिसकेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande