नयाँ दिल्ली, 17 अक्टोबर (हि.स.)। दिल्ली नगरनिगम (एमसीडी)- का नेता सदन प्रवेश वाहीले शुक्रवार सिभिल लाइन्स जोनको मुकुन्दपुर वार्डमा सफाई व्यवस्था औ गार्बेज वल्नरेबल पोइन्ट्स (जीभीपी)- को निरीक्षण गरे। यस अवधि उनले बाहिर छरिएका मैला-कुचैलाहरूलाई तत्काल हटाउने, अतिक्रमण मुक्त बनाउने अनि सफाई अभियानलाई तीव्रता दिने निर्देश दिए।
प्रवेश वाहीले मुकुन्दपुर मार्केट क्षेत्रमा सफाईलाई सुधार्नेमाथि बल दिँदै फोहोर-मैला उठाउने एजेन्सीलाई सही ढंगमा काम गर्ने आदेश दिए। साथै मुख्य सड़क तथा औद्योगिक क्षेत्रहरूबाट अतिक्रमणलाई हटाएर यातायात जामलाई रोक्ने निर्देश दिए।
नेता सदन प्रवेश वाहीले भने, प्रधानमन्त्री नरेन्द्र मोदीको मार्गदर्शन तथा दिल्लीका मुख्यमन्त्री रेखा गुप्ताको आदेश अनुरूप चलिरहेको स्वच्छता अभियानमा मुकुन्दपुरको मैला-संवेदनशील बिन्दुहरूमाथि विशेष ध्या दिइँदैछ। आगामी तिहार विशेष गरी दीपावलीपूर् सबै जीभीसीलाई चिन्हित गरी गहन सफाई सुनिश्चित गरिँदैछ।
एमसीडीका नेता सदनले अधिकारीहरूलाई जनताको समस्यामाथि तत्काल कारबाही गर्ने निर्देश दिँदै भने, आगामी दिनमा दिल्लीको सफाई अनि व्यवस्थामा उल्लेखनीय सुधार देख्न पाइनेछ। यो निरीक्षण एमसीडीको व्यापक स्वच्छता ड्राइभको एक भाग हो जुन शहरलाई स्वच्छ अनि व्यवस्थित बनाउने दिशामा महत्वपूर्ण कदम हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा