हिन्दी भाषी विरोधी बयानलाई लिएर ममताले स्पष्टिकरण दिइन्- मेरो कुरालाई गलत ढंंगमा पेश गरियो
हिन्दी भाषी विरोधी बयानलाई लिएर ममताले स्पष्टिकरण दिइन्- मेरो कुरालाई गलत ढंंगमा पेश गरियो


कोलकाता, 17 अक्टोबर (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीले शुक्रवार भनिन्, भवानीपुरमा दिइएको उनको ‘बाहिरका मानिसहरू’-बयानको गलत व्याख्या गरिँदैछ। उनले स्पष्ट पारिन्, उनले ‘बाहर’ शब्द कुनै समुदाय वा क्षेत्रका मानिसहरूको लागि नभएर एक विशेष राजनीतिक दलको सन्दर्भमा भनेकी थिइन् जसले चुनाउको समयमा बाहिरका मानिसहरूलाई ल्याएर मतदाता सूचीमा नाम जोड़्ने प्रयास गर्दछ।

मुख्यमन्त्रीले यो बयान शुक्रवार साँझ कोलकाताको गिरीश पार्कमा कालीपूजाको उद्घाटनको अवसरमा दिएकी हुन्। उनले भनिन्, “मेरो कुराको गलत अर्थ निकालिँदैछ। मैले यहाँ बस्ने कुनै पनि व्यक्तिको लागि ‘बाहर’ शब्द प्रयोग गरेको होइन। मेरो संकेत त्यस राजनीतिक दलतिर थियो जसले चुनाउको बेलामा बाहिरबाट मानिसहरूलाई ल्याएर हाम्रो भोटरको नामसित जोड़्छ ताकि हाम्रो आफ्नो मतदाताहरूले भोट दिन नसकुन्।”

ममताले आरोप लगाइन्, चुनाउ अवधि केही बाहिरका मानिसहरू भवानीपुरका होटल र गेस्ट हाउसहरूमा भाड़ामा बस्छन् भने पैसावाला मानिसहरू फ्ल्याट किनेर यसै बस्छन्। उनले प्रश्न उठान गरिन्, “एउटै व्यक्तिको नाम दुई ठाउँको मतदाता सूचीमा कसरी हुनसक्छ?”

स्मरण गराइन्छ, गत मंगलवार भवानीपुरमा तृणमूल कंग्रेसको विजय सम्मेलन सभा आयोजना गरिएको थियो जसमा ममता ब्यनर्जी दार्जीलिङमा रहेकी कारणले उनी उपस्थित हुन सकिनन्। तर उनले फोनको माध्यमबाट कार्यक्रममा सामेल पार्टी नेता तथा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै आरोप लगाइन्, “भवानीपुरलाई पूर्ण रूपले बाहिरका मानिसहरूले भरिदिएको छ।” उनको यसै बयानलाई भाजपाले व्यापक रूपमा शेयर गरेको थियो जसलाई भवानीपुरमा ठूलो संख्यामा बस्ने हिन्दी भाषी तथा गुजराती समुदायका मानिसहरूविरूद्ध मानिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande