कानपुर आइपुग्यो इंगल्याण्डको वेलिंगबोरो टाउन काउन्सिलका मेयर, शहरमा परिवर्तन देखेर सन्तुष्ट
कानपुर आइपुग्यो इंगल्याण्डको वेलिंगबोरो टाउन काउन्सिलका मेयर, शहरमा परिवर्तन देखेर सन्तुष्ट


कानपुर, 17 अक्टोबर (हि.स.)। इंगल्याण्डको वेलिंगबोरो टाउन काउन्सिलका मेयर राज मिश्राले भने, पछिल्लो पटक म कानपुर आएको थिएँ। तर त्यसबेलाको तुलनामा यसपालि शहरको व्यवस्थामा ठूलो परिवर्तन आएको छ। शहरका सड़कहरू तथा स्वच्छता देखेर यस्तो लागिरहेको छ कि यहाँका शहरवासी जागरूक भइरहेका छन्। कानपुरको विकास पनि द्रूत गतिमा भइरहेको छ। पहिलाभन्दा अधिक सफा भएको छ, तर यहाँका बुनियादी चिजहरूलाई हेर्दा यस्तो लाग्छ, भारतमा नियोचित ढंगमा केही पनि हुन सक्दैन। प्रशासन तथा मानिसहरूले यसमाथि पनि ध्यान दिनुपर्छ।

वेलिंगबोरो टाउन काउन्सिलका मेयर राज मिश्रा आज कानपुर आइपुगेका छन्। उनले कानपुरकी मेयर प्रमिला पाण्डेयसित भेट गरे। नगरनिगम मुख्यालयमा पुगेका मेयर राज मिश्रालाई ढोल बजाएर फूल माला लगाएकक स्वागत गरियो। यस अवसरमा शहरका केही सभासदहरू पनि उपस्थित थिए। इंगल्याण्डबाट आएका मेयरले सभासदहरूसित बातचित गर्द यहाँको शहरको विकासको लागि टिप्स पनि दिए।

उनले बताए, ब्रिटेनमा सबै घरहरू एउटै प्रकारको बनाइन्छ र घरहरूको डिजाइन पनि लगभग सबैको एउटै जस्तो हुन्छ। तब मात्र उनीहरूलाई निर्माण गर्ने अनुमति प्राप्त हुन्छ। किनभने त्यहाँ अत्यधिक वर्षा हुन्छ, जाड़ो औधी हुन्छ। हिमपात हुँदा तापमान फ्रीजिंग पोइन्टसम्म पुग्छ। त्यसैले त्यहाँ योजना अनुरूप निर्माण गरिन्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande