गुवाहाटी, 17 अक्टोबर (हि.स.)। भारतीय गायक जुबिन गर्गको मृत्युलाई लिएर फैलिरहेको अफवाह तथा अड़कहरूबीच सिंगापुर पुलिस (एसपीएफ)-ले स्पष्ट पारेको छ, अहिलेसम्मको जाँचमा कुनै पनि प्रकारको षड़यन्त्र भएको वा आपराधिक गतिविधि भएको प्रमाण भेटिएको छैन। पुलिसले भन्यो, मामिला कोरोनर्स अधिनियम, 2010 अन्तर्गत जाँचको अधिनमा छ र प्रक्रिया पूर्ण रूपले पेशागत र निष्पक्ष ढंगले अगाड़ि बढ़िरहेको छ।
पुलिस मुताविक प्रारम्भिक जाँचमा कुनै पनि प्रकारको संदिग्ध परिस्थिति पाइएको छैन तथापि अन्तिम निष्कर्ष आउन अझ तीन महिनाको समय लाग्नसक्छ। जाँच पूरा भएपछि सम्पूर्ण रिपोर्ट राज्य कोरोनरलाई सुम्पिइनेछ जसले यो तय गर्नेछ कि के मामिलामा औपचारिक कोरोनरको जाँचको आवश्यकता छ- यो एक न्यायिक प्रक्रिया हो जसले मृत्युको कारण र परिस्थितिहरू निर्धारण गर्छ।
एसपीएफले यो पनि जानकारी दियो, गत 1 अक्टोबरमा भारतको उच्यायोगको अनुरोधमा शव परीक्षणको रिपोर्ट तथा प्रारम्भिक निष्कर्ष साझा गरिसकिएको छ।
पुलिसले जनता र मीडियासित अपील गरेको छ, अपुष्ट सूचनाहरूलाई फैलाउनदेखि बचौं अनि जाँच एजेन्सीहरूलाई आफ्नो कार्य निष्पक्ष रूपमा गर्न दिऔं। पुलिसले भन्यो, “हामी सबै सम्बन्धित पक्षहरूबाट धैर्य अनि विवेकको अपेक्षा राख्दछौं।” पुलिस बयानमा यो पनि भनियो, जाँच पूर्ण पारदर्शिता, निष्ठा औ वस्तुनिष्ठता पूर्वक जारी रहनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा