पुलिसले नाबालिकाको विवाह हुनदेखि रोक्यो, बेहुला र पुजारी पक्राउ
पुलिसले नाबालिकाको विवाह हुनदेखि रोक्यो, बेहुला र पुजारी पक्राउ


सिलगढ़ी, 17 अक्टोबर (हि.स)। सिलीगढ़ीमा बाल विवाहविरूद्ध कारबाही गरियो। सूचनाको आधारमा एनजेपी थानाको पुलिसले गए बिहीवार राती छापा मारेर पुजारी र 21 वर्षीय बेहुलालाई मण्डपबाटै पक्राउ गरेको छ।

प्राप्त जानकारी अनुसार एनजेपी थाना अन्तर्गत अम्बिका नगरस्थित पुजारी अमृत गांगुलीको घरमा एकजना 16 वर्षीय नाबालिक युवतीको विवाह गराइरहेको थियो। बेहुला पीयूष राय सजिएर मण्डपमा बसेका थिए। नाबालिक युवती र हुन लागेको बेहुलाको परिवारका सदस्यहरू पनि त्यहाँ उपस्थित थिए। बेहुली नाबालिक भएको कारणले पुजारी गांगुलीले छिमेकी तथा प्रशासनको जानकारी बिनै लुकेर विवाह सम्पन्न गराइरहेका थिए। एनजेपी थानाको पुलिसलाई बाल विवाह भइरहेको जानकारी प्राप्त हुनसाथ विवाह समारोहमा पुग्यो। त्यसपछि बेहुला र पुजारीलाई समारोहबाटै पक्राउ गऱ्यो। दुवैविरूद्ध बाल विवाह अधिनियम अन्तर्गत मामिला दर्ता गरी अग्रिम कारबाही गरिँदैछ।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande