अलिपुरद्वारमा झुण्डिरहेको महिलाको शव भेटियो
अलिपुरद्वारमा झुण्डिरहेको महिलाको शव भेटियो


अलिपुरद्वार, 17 अक्टोबर (हि. स.)। अलिपुरद्वारमा शुक्रवार बिहान एकजना फरेस्ट रेञ्जरको घरबाट एकजना महिलाको झुण्डिरहेको शव उद्धार गरियो। पुलिस सूत्रानुसार मृत महिलाको पहिचान शिल्पी दे सरकारको रूपमा भएको छ। तिनका पति सजल दे गारूमारा नेशनल पार्कमा रेञ्जरकोपदमा तैनाथ छन्। दम्पत्तिको एकजना 12 वर्षीय छोरी पनि छे।

सूत्रले बतायो, गए बिहीवार दम्पत्तिको विवाहको वर्षगाँठ थियो। शिल्पीलो आफ्नो पति घरमा आउने प्रतीक्षा गरिरहेकी थिइन्, तर राती 12 बजेसम्म पनि सजल घरमा आएनन्। उदासी र अवसादमा परेकी शिल्पीले घरमै आत्महत्याा गरिन्।

शुक्रवार बिहान घरकी नोकर्नी काम गर्न घरमा आउँदा शिल्पीको शव झुण्डिरहेको देखिन्। उसले तत्कालै छिमेकीहरूलाई खबर दिई। खबर पाउनसाथ सजल घरमा आइपुगे अनि पुलिसलाई सूचित गरे। पुलिसले शवलाई उद्धार गरी पोस्टमर्टम गर्नको लागि पठाइदियो।

प्रारम्भिक जाँचमा पुलिसले अनुमान व्यक्त गरेको छ, शिल्पीले अवसाद र निराशाको कारणले नै यो कदम उठाएकी हुन्। सजसले बताए, उनलाई अचानक राष्ट्रि उद्यानबाट हात्ती मरेको खबर प्राप्त भएको थियो जसले गर्दा उनी समयमा घर फर्किन सकेनन्। सजलले भने, उनले कहिल्यै सोचेका थिएनन् कि स्थिति यहाँसम्म पुग्नेछ। पुलिसले मामिलाको जाँच शुरू गरेको छ साथै हरेक पाटो र पक्षको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande