मालदा, 17 अक्टोबर (हि. स.)। मालदा जिल्लाको रतुआ क्षेत्रमा सिचाई विभागको केही बिघा जमीनलाई कब्जा गरी निजी स्कूल संचालन गरेको आरोप तृणमूल कंग्रेसका जिल्लाध्यक्ष एवं मालतीपुरका विधायक अब्दुर रहिम बक्सीमाथि लागेको छ। यस मामिलामा (आरएसपी)- जिल्ला सचिव सर्वानन्द पाण्डेले राज्यकी सिचाई विभागीय राज्यमन्त्री एवं मोथाबाड़ीकी विधायक सबिना यासमिन समक्ष लिखित सिकायत दर्ता गराएका छन्। सर्वानन्द पाण्डेले कथित स्कूल भवनको तस्वीर सोशल मीडियामा भाइरल पनि गरेका छन्।
सर्वानन्द पाण्डेले आफ्नो सिकायतमा बताए, 70-को दशकमा राज्यका तत्कालीन सिचाई मन्त्री गनी खान चौधरीले रतुआ-1 ब्लक कार्यालय नजिक चार बिधा जमीनमा सिचाई विभागको कार्यालय बनाएका थिए। पछि वाममोर्चा रकार आएपछि मातीपुरका विधायक रहेका अब्दुर रहिम बक्सीले त्यस जर्जर भवनलाई “सामाजिक कार्य”-हरूको लागि लीजमा लिएका थिए।
आरोप छ, सरकार परिवर्तन भएपछि वर्तमान जिल्ला तृणमूल अध्यक्ष अब्दुर रहिम बक्सीले चतुराईपूर्वक त्यस सरकारी जमीनमा आफ्नो र आफ्नी पत्नी आयशा खातुनको नाममा भूमि विभागमा दर्ता गराए।
सर्वानन्द पाण्डेको भनाइ छ, “यो आश्चर्यचकित पार्ने कुरा हो कि सिचाई विभागको सरकारी जमीन कुनै निजी व्यक्तिको नाममा कसरी दर्ता भयो। मैले यस मामिलामा राज्य मन्त्री समक्ष सिकायत गरेको छु।”
अर्कोतिर जिल्ला तृणमूल अध्यक्ष अब्दुर रहिम बक्सीले सबै आरोपहरूलाई शिराबाटै खारेज गर्दै भने, यो सिकायत गर्ने व्यक्ति मानसिक रूपमा अस्थिर देखिन्छ। यो आरोप पूर्ण रूपले निराधार छ। जुन जमीनको कुरा गरिरहेको छ त्यसको सबै वैध दस्तावेज मसित छ।
राज्यमन्त्री सबिना यासमिनले भनिन्, सिकायत पत्र विभागमा प्राप्त भएको छ, तर अहिलेस्मम त्यसलाई विस्तार पूर्वक हेरिएको छैन, त्यसैले यसमाथि अहिले केही भनिहाल्न उचित हुनेछैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा