साइबर अपराधीहरूले खाताबाट निकाले रकम
साइबर अपराधीहरूले खाताबाट निकाले रकम


गौतमबुद्ध नगर, 17 अक्टोबर (हि.स.)। थाना बिसरख क्षेत्र निवासी एक व्यक्तिको खाताबाट अज्ञात साइबर अपराधीहरूले अनलाइन एक लाख 69 हजार रूपियाँ निकाले। घटनाको रिपोर्ट दर्ता गरी पुलिसले मामिलाको जाँच शुरू गरेको छ।

थाना बिसरखका प्रभारी निरीक्षक मनोज कुमार सिंहले बताए, विकास कुमार सिंह पुत्र संजय सिंह निवासी सेक्टर -1 ग्रेटर नोएडा वेस्टमा गए राति थानामा रिपोर्ट दर्ता गराएका छन् कि उनको एचडीएफसी ब्याङ्कमा खाता छ। पीड़ित अनुसार, 15 अक्टोबरमा अज्ञात बदमाशहरूले उनको खाताबाट अनलाइन 1 लाख 69 हजार रूपियाँ निकालेका छन्। उनले न त कसैलाई ओटीपी दिएका थिए, न त आफ्नो ब्याङ्कसित सम्बन्धित जानकारी।

थाना प्रभारी बताए, घटनाको रिपोर्ट दर्ता गरी पुलिसले मामिलाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande