गान्तोक, 17 अक्टोबर (हि.स.)। सिक्किम भ्रमणमा रहेकी केन्द्रिय उपभोक्ता मामिला, खाद्य एवं सार्वजनिक वितरण राज्यमन्त्री निमुबेन जयन्तीभाई बम्भानियाले आज सिक्किमका राज्यपाल ओमप्रकाश माथुरसॅंग राजभवनमा शिष्टाचार भेट गरिन्। यस भेटको क्रममा उपभोक्ता मामिला, खाद्य एवं सार्वजनिक वितरण मन्त्रालय अन्तर्गत विभिन्न पहलहरू र योजनाहरूको प्रगतिमाथि चर्चा भएको राजभवनमा बताएको छ।
केन्द्रिय राज्यमन्त्रीले राज्यपालसॅंग सिक्किमलगायत पूर्वोत्तर राज्यहरूको विकास र प्रगतिको लागि ध्वजवाहक योजनाहरू र विभिन्न केन्द्र प्रायोजित परियोजनाहरूको प्रभावशारी कार्यान्वयनमाथि जोड दिइन्। उनले आफ्नो चार दिवसीय भ्रमण अवधि पाकिम जिल्लाको भ्रमण गरेको पनि राज्यपाललाई जानकारी दिइन्।
राज्यपाल माथुरले राज्यमा जैविक खेतीको अभ्यास, महिला सशक्तिकरण र साफ-सफाईबारे केन्द्रिय राज्यमन्त्रीलाई अवगत गराए। यसैगरी, उनले राजभवनका विभिन्न कल्याण पहलहरूमाथि प्रकाश पार्दै 11 सेप्टेम्बरमा भारतीय सेनासॅंग मिलेर नथुला विजय दिवस मनाइएको र 1967 को भारत-चीन युद्धमा लेफ्टिनेन्ट जनरल सगत सिंहको बहादुरीको सम्मानमा नथुलामा उनको मूर्ति स्थापना गरिएको बताए।
हिन्दुस्थान समाचार / बिशाल