कोलकाता, 17 अक्टोबर (हि. स.)। दमदमको छाताकल क्षेत्रमा शुक्रवार ब्यूटी बोस नामक महिलाको हत्या आफ्नै पति अमित बोसले कथित रूपमा गला दबाएर गरिदियो। उनको दश वर्षीय छोराको अगाड़ि नै यो घटना भएको थियो।
नागेर बजार थानाको पुलिसले मामिलाको जाँच शुरू गरेको छ भने भगौड़ा आरोपी अमित बोसलाई खोजिरहेको छ। पुलिसको प्र्ररम्भिक अनुमानमा विगत लामो समयदेखिकै पति-पत्नीबीच विवाद भइरहेको थियो। यसै आक्रोशमा हत्या गरिएको हो।
पुलिसले महिलाको शवलाई आर.जी. कर अस्पतालमा पोस्टमार्टम गर्न पठाइदियो। प्रारम्भिक जाँचमा यो स्पष्ट हुन सकेको छन कि हत्या गला दबाएर गरिएको हो वा अन्य कुनै उपायले। पोस्टमर्टम रिपोर्ट आएपछि नै यसबारे स्पष्ट हुनेछ। छोरा रोएको-कहालिएको सुनेर छिमेकीहरू घटनास्थलमा पुगे अनि पुलिसलाई सूचना दिए।
मृत महिलाको परिवारले नागेर बजार थानामा लिखित सिकायत दर्ता गराएको छ। पुलिसले दश वर्षीय छोरालाई सुरक्षित पायो भने उसको बयान पनि दर्ता गरिएको छ। पुलिसले बतायो, हत्याको यस मामिलामा आरोपीलाई पक्राउ गर्नको लागि खोजी अभियान जाी छ र सबै पाटोको जाँच गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा