सरकार राज्यको दर्जा बहाल गर्नको लागि निरन्तर प्रयासरत् छः मुख्यमन्त्री
सरकार राज्यको दर्जा बहाल गर्नको लागि निरन्तर प्रयासरत् छः मुख्यमन्त्री


कुलगाम, 17 अक्टोबर (हि.स.)। जम्मू-कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाले शुक्रवार भने, उनको सरकारले राज्यको दर्जा बहाल गर्नको लागि निरन्तर प्रयास गरिरहेको छ र आशा छ, चाँड़ै नै राज्यको दर्जाको अधिकार दिनेछ जसमा ढिल्याई भइहेको छ र यसको पछाड़िको कारण भारतीय जनता पार्टीलाई मात्र थाहा छ।

कुलगाममा पत्रकारहरूसित कुराकानी गर्दै उमरले भने, राज्यको दर्जा जम्मू-कश्मीरका मानिसहरूसित गरिएको एउटा वाचा थियो र यसलाई अहिलेसम्म पूरा गर्नुपर्थ्यो। उनले भने, हामीलाई आशा थियो केन्द्रले एक वर्षभित्रमा राज्यको दर्जा बहाल गर्नेछ। यसमा किन विलम्ब भइरहेको हामीलाई थाहा छैन। यो कुरा त भाजपालाई मात्र थाहा छ। तर यसको लागि हाम्रो लड़ाईँ जारी रहनेछ।

द्विवार्षिक दरबार मूव प्रथाको पुनरुद्धारको अवसरमा उमरले भने, मैले पहिलो दिनदेखि नै स्पष्ट पारेको थिएँ कि केन्द्रशासित प्रदेशमा हामीले गरेका वाचाहरूलाई पूरा गर्नेछौं। दरबार मूव हाम्रो घोषणापत्रमा गरिएको वाचाहरूमध्ये एक थियो र वर्ष 2021देखि यसलाई बहाल गरिएको छ।

आरक्षणको बारेमा मुख्यमन्त्रीले भने, सकिना इटुको नेतृत्वमा एउटा क्याबिनेट उपसमिति गठन गरिएको थियो र यो उपसमितिले रिपोर्ट पनि प्रस्तुत गरेको छ। रिपोर्टलाई स्वीकृति दिइएको छ। क्याबिनेट ज्ञापन तयार पारिँदैछ र यसलाई स्वीकृतिको निम्ति उपराज्यपाल समक्ष पठाइनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande