खरसाङ, 17 अक्टोबर (हि.स.)। खरसाङको स्कट मिशन उच्चतर माध्यमिक विद्यालयकाे वार्षिक उत्सव कार्यक्रम आज खरसाङ बजारको पार्क लोकेशनस्थित हलमा मुख्य अतिथि सभासद जीटीएको सभासद श्याम शेर्पाकाे उपस्थितिमा सम्पन्न भयो। मुख्य अतिथि शेर्पाले कार्यक्रममा विद्यालयद्वारा राखिएका दोकानहरुको भ्रमण गरेका थिए।
कार्यक्रममा स्कट मिशन उच्चतर माध्यमिक विद्यालयको 2026 को नयाँ क्यालेण्डर पनि सार्वजनिक गरियो। विद्यालयकी प्रधान अध्यापिका सेरेन प्रधानले स्कट मिशन उच्चतर माध्यमिक विद्यालयले पढाइका साथै खेलकूद, प्रदर्शनी र उत्सव वार्षिक रुपमा आयोजना गर्दै आएको बताइन्। कार्यक्रममा प्रथामिक पाठशाला अनि हाई स्कूलका सबै शिक्षकगण, कर्मचारीहरु अनि आमन्त्रित अन्य पाठशालाका विद्यार्थीहरु, शिक्षकहरू र अभिभावकहरु पनि उपस्थित थिए।
हिन्दुस्थान समाचार / हनोक