पाकिम, 17 अक्टूबर (हि.स.)। सिक्किममा केन्द्र सरकारका पहल र योजनाहरूको प्रभावकारी प्रसारलाई बढ़ावा दिन र तिनमा समन्वय स्थापित गर्ने आफ्नो निरन्तर प्रयासको एक भागको रूपमा पत्र सूचना कार्यालय (पीआईबी) गान्तोकले आज सिक्किमस्थित दिव्याङ्गजनको कौशल विकास, पुनर्वास एवं सशक्तिकरणको लागि समग्र क्षेत्रीय केन्द्र (सीआरसी) मा अन्तर-मिडिया प्रचार समन्वय समिति (आईएमपीसीसी) को अक्टोबर 2025 को बैठक आयोजन गऱ्यो।
बैठकको अध्यक्षता आकाशवाणी एवं दूरदर्शन, गान्तोकका क्लस्टर प्रमुख नीरज पाण्डेले गरेका थिए भने पीआईबी गान्तोकका सहायक निर्देशक तथा आकाशवाणी गान्तोकका क्षेत्रीय समाचार, आकाशवाणी गान्तोक मानस प्रतिम शर्माले कार्यवाहीको समन्वय गरेका थिए। सिक्किम सरकारका आईपीआरडी निर्देशक सुनील कुमार मोथे, पाकिम जिल्लाकी वरिष्ठ पुलिस अधीक्षक पारु रुचाल र सीआरसी सिक्किमकी निर्देशक पुष्पाञ्जली गुप्ता विशेष अतिथिको रूपमा उपस्थित थिए। उक्त जानकारी आज पीआईबीले दिएको छ।
आईएमपीसीसीले सिक्किममा भारत सरकारका विभिन्न मन्त्रालय, विभाग र संस्थानहरू बीच समन्वयको लागि एक मञ्चको रूपमा कार्य गर्दछ, जसले सरकारी योजना र कार्यक्रमहरूको बारेमा जानकारीको प्रभावकारी प्रसार सुनिश्चित गर्दछ। बैठकले वरिष्ठ अधिकारीहरूलाई प्रचार र पहुँचसँग सम्बन्धित प्रमुख मुद्दाहरूमा विचार-विमर्श गर्न एक बहुमूल्य अवसर प्रदान गऱ्यो।
बैठकको क्रममा, क्लस्टर प्रमुख पाण्डेले सरकारी पहलहरूलाई बढ़ावा दिनमा अन्तर-विभागीय समन्वयको महत्त्वमाथि जोड़ दिनुका साथैर योजना र कार्यक्रमहरूको प्रचार र पहुँचको लागि एक अनुकूल रणनीति विकसित गर्न सुझाउ दिए। उनले तथ्यात्मक रूपमा सही जानकारी दिने र जनतासम्म सरकारी योजनाहरूको उचित प्रसार गर्ने महत्त्वमाथि बल दिए, जसले गर्दा दुर्गम क्षेत्रका मानिसहरूलाई पनि यी पहलहरूबाट लाभान्वित हुन मद्दत पुग्न सक्नेछ।
सिक्किम सरकारको आईपीआरडीका निर्देशक सुनील कुमार मोथेले विभिन्न सामाजिक सञ्जाल प्लेटफर्म र राज्यको साप्ताहिक प्रकाशन, सिक्किम हेराल्डलाई सरकारी कार्यक्रम र आयोजनहरूको बारेमा जानकारी प्रसारित गर्ने प्रभावकारी उपकरणको रूपमा रेखाङ्कित गरे।
पाकिम जिल्लाकी वरिष्ठ पुलिस अधीक्षक पारु रुचालले सिक्किममा नशालु पदार्थको दुरुपयोग विरुद्ध लड्नका लागि कानून प्रवर्तन एजेन्सीहरूले गरेका पहलहरूमाथि प्रकाश पारिन्। सीआरसी सिक्किमकी निर्देशक पुष्पाञ्जली गुप्ताले केन्द्रका गतिविधिहरूको अवलोकन प्रस्तुत गरिन् र केन्द्र सरकारका कार्यालयहरूद्वारा दिव्याङ्गजनलाई प्रभावित पार्ने मुद्दाहरूको बारेमा जागरूकता फैलाउनका लागि सीआरसीसँग सहकार्य गर्न आग्रह गरिन्।
मानस प्रतिम शर्माले स्वागत भाषण राख्दै बैठकको कार्यसूचीको रूपरेखा प्रस्तुत गरे। बैठकमा सिक्किमस्थित केन्द्र सरकारका कार्यालयका प्रतिनिधिहरूको सक्रिय रूपमा भाग लिए, जसमा चलिरहेका कार्यक्रम र भविष्यका कार्यक्रमहरूबारे चर्चा गरियो।
आईएमपीसीसीको बैठकमा विभिन्न केन्द्र सरकारका कार्यालय र सङ्गठनका प्रतिनिधिहरूले भाग लिए, जसमा स्थानीय केन्द्रीय मिडिया एकाइहरू, सशस्त्र सीमा बल (एसएसबी), भारत-तिब्बत सीमा पुलिस (आईटीबीपी), भारतीय कृषि अनुसन्धान परिषद् (आईसीएआर) एनईएच, सिक्किम, दिव्याङ्गजनको कौशल विकास, पुनर्वास र सशक्तिकरणका लागि समग्र क्षेत्रीय केन्द्र, राष्ट्रिय सूचना विज्ञान केन्द्र, केन्द्रीय जल आयोग, मसला बोर्ड, केन्द्रीय एकीकृत कीट प्रबन्धन केन्द्र (सीआईपीएमसी), राष्ट्रिय साङ्ख्यिकी कार्यालय (एफओडी, आरओ), भारतीय भूगर्भ सर्वेक्षण, बीएसएनएल र अर्किडका लागि आईसीएआर-एनआरसी सामेल थिए।
बैठकभन्दा पहिला, स्वच्छता ही सेवा 2025 को एक भागको रूपमा पीआईबी र सीबीसी गान्तोकका कर्मचारीहरूद्वारा सीआरसी सिक्किम कार्यालय परिसरमा स्वच्छता अभियान चलाइयो।
हिन्दुस्थान समाचार / बिशाल