एसडीएफ नेतृ कोमल चामलिङले नवनिर्वाचित सुसा पदाधिकारीहरूलाई बधाई दिइन्
komal chamling


गान्तोक, 17 अक्टोबर (हि.स.)। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीको महिला शाखाले सिक्किम विश्वविद्यालय विद्यार्थी सङ्घ (सुसा) का नवनिर्वाचित प्रतिनिधिहरूलाई हार्दिक बधाई दिएको छ। एसडीएफ महिला शाखाले पहिलो पटक सुसा अध्यक्षको रूपमा एक महिला निर्वाचित भएकोमा खुशी व्यक्त गरेको छ।

एसडीएफ महिला शाखा प्रभारी कोमल चामलिङले आज जारी एक प्रेस विज्ञप्तिमा भनेकी छन्, यस वर्षको चुनाउ एउटा ऐतिहासिक कोशेढुङ्गाको प्रतीक हो, किनकि पहिलो पटक एक महिला उम्मेदवार विद्यार्थी संगठनको अध्यक्षको रूपमा निर्वाचित भएकी छन्। उनले नवनिर्वाचित अध्यक्ष देब्या कार्कीलाई उनको उल्लेखनीय विजयको लागि गर्वका साथ बधाई दिएकी छन्। उनले यो उपलब्धी सिक्किम विश्वविद्यालयको लागि मात्र नभई राज्यभरका विद्यार्थी सङ्घहरूको लागि प्रेरणादायी क्षण रहेको उल्लेख गरेकी छन्।

उनले सुसाका नवनिर्वाचित अन्य पदाधिकारीहरूलाई पनि बधाई दिॅंदै सफल कार्यकालको लागि शुभकामना व्यक्त गरेकी छन्। संगठनले सिक्किम विश्वविद्यालयका विद्यार्थीहरू र सिक्किमका युवाहरूको लागि एक बलियो र जिम्मेवार आवाजको रूपमा काम गर्नेछ भनी उनले विश्वास व्यक्त गरेकी छन्।

उनले अझ भनेकी छन्, हाम्रो समाजको लोकतान्त्रिक संरचनाको रक्षा गर्न विद्यार्थी संस्थाहरूले महत्त्वपूर्ण भूमिका खेल्छन्। नवनिर्वाचित सुसा नेतृत्वले लोकतन्त्रको भावनालाई कायम राख्नेछ, शैक्षिक उत्कृष्टतालाई बढावा दिनेछ, र विश्वविद्यालय समुदायलाई अझ उचाइमा पुर्‍याउन इमानदारी र समावेशीताका साथ काम गर्नेछ भनी हामी आशा गर्दछौं।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande