सिक्किमको सिनियर महिला क्रिकेट टोली बन्यो प्लेट डिभिजन च्याम्पियन
Cricket team Sikkim


गान्तोक, 17 अक्टोबर (हि.स.)। सिक्किमको सिनियर महिला क्रिकेट टोलीले भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) द्वारा आयोजित सिनियर महिला टी-20 ट्रफी 2025-26 को प्लेट डिभिजन जितेको छ। यो ऐतिहासिक जितका साथै पुरुष र महिला दुवै वर्गमा सिक्किमले पहिलो राष्ट्रिय क्रिकेट उपाधि जितेको छ।

सिक्किम प्रतियोगिताभरि अपराजित रह्यो र 17 अक्टोबरका दिन त्रिपुराको अगरतलामा खेलिएको फाइनलमा नागाल्याण्डमाथि 10 रनले जित हासिल गर्‍यो। सिक्किमले पहिला ब्याटिङ गर्दै सिक्किमले 20 ओभरमा 131/3 को प्रतिस्पर्धात्मक कुल स्कोर बनायो र पछि नागाल्याण्डलाई 121/8 मा सीमित गर्न सक्षम बन्यो।

अरुणाचल प्रदेश, मणिपुर, मेघालय, मिजोरम, नागाल्याण्ड र सिक्किमले प्रतिस्पर्धा गरेको प्लेट डिभिजन एकल राउन्ड-रोबिन ढाँचामा सञ्चालन गरिएको थियो। सिक्किमले लिग तालिकामा 16 अंकसहित शीर्ष स्थानमा रह्यो। पाँच समूह खेलमध्ये तीन जित्दै दुई खेल वर्षाका कारण रद्द भएको थियो। टुर्नामेन्टका शीर्ष दुई टोली, सिक्किम र नागाल्याण्ड फाइनलमा पुगे।

यस ऐतिहासिक उपलब्धिको सम्मानमा सिक्किम क्रिकेट संघ (एसआईसीए) ले विजेता टोलीका खेलाडी र सहयोगी कर्मचारीहरूको पक्षमा 6 लाख रुपियाँ पुरस्कार घोषणा गरेको छ। शनिवार, 18 अक्टोबरमा रम्फूमा राज्य टोलीलाई भव्य स्वागत जनाइने एसआईसीएले आज प्रेस विज्ञप्तिमा बताएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande