102 प्याकेट पटाका जफत, आरोपी पक्राउ
102 प्याकेट पटाका जफत, आरोपी पक्राउ


खड़गपुर, 18 अक्टोबर (हि.स.)। चाड़-पर्वलाई केन्द्र गर्दै सुरक्षा व्यवस्थालाई लिएर कड़ाई गरिएको अवस्थामा खड़गपुर जीआरपी थाना पुलिसले ठूलो कारबाही गर्दै स्टेशन परिसरबाट प्रचुर मात्रामा प्रतिबन्धित पटाका जफत गरेको छ।

पुलिस सूत्र अनुसार गत शुक्रवार अबेर राती गुप्त सूचनाको आधारमा खड़गपुर स्टेशन परिसरमा छापामारी अभियान संचालन गरियो। यस अवधि पुलिसले एकजना संदिग्ध व्यक्तिलाई पक्राउ गऱ्यो जसको थैलीबाट लगभग 102 प्याकेट प्रतिबन्धित पटाका जफत गरियो।

आरोपीलाई पक्राउ गरिएको छ। प्रारम्भिक जाँचमा उसले पटाका बेच्ने उदेश्यले पटाकाहरूलाई स्टेशन परिसरमा लगेको कुरा स्वीकार गरेको छ।

खड़गपुर जीआरपी पुलिसले मामिला दर्ता गरी जाँच शुरू गरेको छ। साथै यो पत्तो लगाउने प्रयास गरिरहेको छ कि यी प्रतिबन्धित पटाकाहरूको आपूर्ति कहाँबाट भइरहेको थियो र यसको पछाड़ि कुनै ठूलो नेटवर्क सक्रिय छ कि छैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande