राँची, 18 अक्टोबर (हि.स.)। राँचीको हरमू रोड काली पूजा स्वागत समितिको पक्षबाट यसपालि 1101 जना महिलाहरूले एउटै रंगको साड़ी पहिरिएर माँ कालीको महाआरती गर्नेछन्। यस वर्ष समितिले आफ्नो 37औं स्थापना दिवस पालन गरिरहेको छ। पूजा पण्डालले नशामुक्त समाजको सन्देश दिनेछ।
समितिका संस्थापक अध्यक्ष प्रेम वर्माले शनिवार बताए, प्रत्येक वर्ष समितिले समाजका केही महत्वपूर्ण मुद्दाहरूलाई थीम बनाएर कालीको आराधना गर्दै आएको छ भने यसपालिको पूजा नशामुक्ति अभियानप्रति समर्पित रहेको छ। आगामी 20 अक्टोबरमा पूजा गरिनेछ भने 21 अक्टोबरमा भव्य महाआरती हुनेछ जसमा 1101 जना महिलाहरूले भाग लिनेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा