कोलकाता, 18 अक्टोबर (हि.स.)। कोलकाता पुलिसले शनिवार बिहान क्यानल साउथ रोडमा छापा मारेर 14 जना जुवाड़ेहरूलाई जुवा खेलिरहेको समयमा पक्राउ गऱ्यो। पुलिसले पक्रा पर्ने जुवाड़ेहरूबाट 5 लाख 30 हजार रुपियाँ नगद अनि 11 प्याकेट ताश जफत गऱ्यो। यस कारबाहीमा केही महत्वपूर्ण दस्तावेजहरू पनि पुलिसले कब्जामा लिएको छ।
पुलिस सूत्र अनुसार गुप्त सूचना पाएर पुलिसले 203 नम्बर, राइजिंग गेस्ट हाउसको दोस्रो तलाको एउटा कोठामा छापा माऱ्यो। पक्रा पर्ने सबै आरोपी कोलकाताकै रहेको बताइएको छ। आरोप छ, उनीहरू कोठाभित्र जुवा खेलिरहेका थिए अनि प्रचुर मात्रामा नगद रुपियाँको लेनदेन गरिरहेका थिए।
यस मामिलामा भारतीय न्याय संहिताका विभिन्न धाराहरूमा प्राथमिकी दर्ता गरिएको छ। पुलिसले आरोपीहरूलाी हिरासतमा लिने माग कोर्ट समक्ष गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा