बाढ़ी पीड़ितहरूलाई सहयोग गरे बापत 42 जना सम्मानित
बाढ़ी पीड़ितहरूलाई सहयोग गरे बापत 42 जना सम्मानित


जलपाईगुड़ी, 18 अक्टोबर (हि.स)। दार्जीलिङ एवं यस वरपरका पार्वतीय क्षेत्रहरूमा हालैमा आएको विनाशकारी वर्षा अनि पैह्रोद्वारा प्रभावित मानिसहरूको राहत अनि बचाउ कार्यमा सहयोग पुऱ्याउनेहरूलाई राज्य सरकारले सम्मान जनाएको छ। शनिवार मुख्यमन्त्री ममता ब्यानर्जीले जलपाईगुड़ी जिल्लाको बाढ़ प्रभावित मानिसहरूलाई सहयोग पुऱ्याए बापत 42 जना मानिसहरूलाई सम्मान गरिन्।

मुख्यमन्त्रीले कोलकाताबाट एक भर्चुअली समारोहको माध्यमबाट पुलिसकर्मी, डाक्टर, स्वास्थ्य कर्मी, वन विभागका कर्मचारीहरू, सिभिक भोलन्टियर तथा सिभिल डिफेन्सका सदस्यहरूलाई सम्मानित गरिन्। मुख्यमन्त्रीद्वारा नगद पुरस्कार अनि प्रमाण पत्र पनि प्रदान गरियो। जलपाईगुड़ीकी जिल्लाधिकारी शमा परवीन एवं अन्य अधिकारीहरूले यस अवसरमा पुरस्कार एवं प्रमाण पत्र प्रदान गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande