सड़क दुर्घटनामा तृणमूलका दुई महिला कार्यकर्ताको मृत्यु, ट्र्याक्टर चालक भाग्यो
सड़क दुर्घटनामा तृणमूलका दुई महिला कार्यकर्ताको मृत्यु, ट्र्याक्टर चालक भाग्यो


पश्चिम मिदनापुर, 18 अक्टोबर (हि.स.)। पश्चिम मिदनापुर जिल्लाको मोहनपुर ब्लक अन्तर्गत सामसारा क्षेत्रमा भएको एक भयानक सड़क दुर्घटनामा दुई महिला तृणमूल कंग्रेस कार्यकर्ताहरूको मृत्यु भयो। यो पीड़ादायी घटना गत शुक्रवार राती त्यसबेला भएको हो जतिबेला दुवै महिला पार्टीको विजया सम्मेलन (विजया सम्मिलनी)-मा सामेल भएर फर्किरहेका थिए।

मृत महिलाहरूको पहिचान फूलमणि सिंह र सोमबरी सिंहको रूपमा भएको छ। दुवै सामसारा क्षेत्रका निवासी थिए। पुलिस सूत्र अनुसार बितेको शुक्रवार साँझ मोहनपुर ब्लक तृणमूल कंग्रेसको पक्षबाट विजया सम्मेलन आयोजना गरिएको थियो। राती लगभग 8 बजे दुवैै महिला एकजना आफन्तको मोटर साइकलमा सवार भएर घर फर्किरहेका थिए। यसै क्रममा सामसारा क्षेत्रमा आइपुगेपछि ग्रामीण सड़कमा एउटा ट्र्याक्टरले उनीहरूको बाइकलाई ठक्कर दियो।

ठक्कर लागेपछि तीनैजना सड़कमा लड़े। यस अवधि ट्र्याक्टरको चक्का फूलमणि र सोमबरीमाथि चढ़्यो। दुवैलाई गम्भीर अवस्थामा मोहनपुरको बागदा ग्रामीण अस्पतालमा लगियो जहाँ डाक्टरहरूले फूलमणिलाई मृत घोषित गरिदिए भने सोमबरीलाई मिदनापुर मेडिकल कलेज एवं अस्पतालमा रेफर गरिदिए, तर बाटोमै उसको पनि मृत्यु भयो।

दुर्घटनाको खबर पाएर मोहनपुर ब्लक तृममूल कंग्रेसका अध्यक्ष मानिक माइती अस्पतालमा पुगे। उनले भने, “यो अत्यन्त मर्मांतक घटना हो। हामीसित कुनै शब्द छैन। हामी मृत कार्यकर्ताहरूको परिवारलाई हरसम्भव सहयोग गर्नेछौं।

पुलिसले ट्र्याक्टरलाई जफत गरेको छ भने चालक भागेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande