कोलकाता, 18 अक्टोबर (हि.स.)। भारतीय सेनाका एकजना एम्बुलेन्स असिस्टेन्टले आफ्नो विेवेकको परिचय दिँदै नयाँ दिल्ली-डिब्रुगढ़ राजधानी एक्सप्रेसमा यात्रा गर्ने क्रममा एकजना आठ महिना शिशुलाई सीपीआर (कार्डियो पल्मोनरी रेससिटेशन) दिएर उसको ज्यान बचाए।
रक्षा मन्त्रालयका एकजना अधिकारी अनुसार सेपय सुनिल कुमार जो पूर्वोत्तर क्षेत्रस्थित सेनाको 456 फिल्ड हस्पिटलमा तैनाछ छन्, छुट्टी बिताएर ड्यूटीमा फर्किरहेका छिए। यसै अवधि नयाँ दिल्ली-डिब्रुगढ़ राजधानी एक्सप्रेसमा एकजना शिशुलाई अचानक श्वास-प्रश्वासमा समस्या भयो र शिशु अचेत भयो।
शिशुकी आमा पनि डराएर अचेत भइन् जबकि परिवारको अर्को सदस्यले सहयोगको निम्ति गुहार्न थाल्यो। त्यसै बगीमा रहेको सेपय सुनिलले तुरून्त स्थितिलाई बुझेर बालकको जाँच गरे। उनले बालकको नब्ज र सास दुवै बन्द पाए।
सेना अधिकारीले बताए, सुनिलले अलिकति पनि विलम्ब नगरी दुईवटा औंलीको सहयोगले बालकको छात्ती दबाएर माउथ-टु माउथ रेससिटेशन शुरू गरे। लगभग दुई चक्र सीपीआर दिएपछि शिशुले जीवनको लक्षण देखाउन थाल्यो। त्यसपछि जवानले ट्रेन स्टाफ र रेलवे पुलिसको समन्वयमा बालकलाई असमको रंगिया स्टेशनमा उतारेर अग्रिम उपचारको व्यवस्था गराए।
रक्षा अधिकारीले भने, “सेपय सुनिलको तत्काल कारबाही तथा पेशागत दक्षताले एकजना शिशुको ज्यान बच्यो। यस्तो कार्यले सेनाको मानवीय भावना र तत्परतालाई दर्शाउँछ।”
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा