बाँकुड़ाको मानिक बजारमा साइकलमा गइरहेको बेला अचानक व्यक्तिको मृत्यु भयो
बाँकुड़ाको मानिक बजारमा साइकलमा गइरहेको बेला अचानक व्यक्तिको मृत्यु भयो


बाँकुड़ा, 18 अक्टूबर (हि.स.)। बाँकुड़ा जिल्लाको मानिक बजार क्षेत्रमा शनिवार बिहान एकजना व्यक्तिको अचानक मृत्यु भएको घटनाले क्षेत्रमा गहिरो शोक व्याप्त भएको छ। मृतक कियाडीही निवासी स्वप्न कुण्डु पेशाले कल मिस्त्री थिए। कुण्डुले नजिकै अवस्थित कुखुरा हयाचरीमा पनि काम गर्थे।

पुलिस सूत्र अनुसार बिहान लगभग 9 बजे स्वप्न कुण्डु सदा जस्तै साइकलमा सवार भएर काममा गइरहेका थिए। मानिक बजार नजिक पुगेपछि अचानक उनलाई अस्वस्थता महसूत भयो अनि सड़कमा लड़े। स्थानीय मानिसहरूले तिनलाई तुरून्त उठाएर हतार-हतार अस्पतालमा पुऱ्याए, तर त्यसबेलासम्ममा उसको मृत्यु भइसकेको थियो।

प्रारम्भिक जाँचमा पुलिसले संकेत दिएको छ, मृत्युको कारण हृदयाघात (हर्ट अट्याक) हुनसक्छ तथापि अन्तिम पुष्टि पोस्टमर्टम रिपोर्टबाटै हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande