मुख्यमन्त्रीले काति बिहु र धनत्रयोदशीको दिए शुभकामना
मुख्यमन्त्रीले काति बिहु र धनत्रयोदशीको दिए शुभकामना


गुवाहाटी, 18 अक्टोबर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले काति बिहु र धनत्रयोदशीको पावन अवसरमा प्रदेशवासीहरूलाई हार्दिक शुभकामना दिए।

मुख्यमन्त्रीले आफ्नो सन्देशमा भने, काति बिहु असमको समृद्ध लोक परम्परा अनि आस्थासित जोड़िएको एक कृषि पर्व हो जुन खेत-खलियान तथा ग्रामीण जीवनको लयसित गहिराईपूर्वक जोड़िएको छ। उनले प्रार्थना गरे, तुलसी मुनि अनि खेतमा बालेको दीपले सबैको जीवनलाई आलोकित पारोस् अनि समृद्धि लिएर आओस्।

धनत्रयोदशीको अवसरमा मुख्यमन्त्रीले सबैको उत्तम स्वास्थ्य, श्रीवृद्धि तथा सौभाग्यको कामना गरे। उनले आशा व्यक्त गरे, यो पवित्र पर्वले प्रत्येक परिवारको जीवमा सुख, शान्ति एवं मंगलमय भविष्यको प्रकाश भरिदेओस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande