दार्जिलिङ, 18 अक्टूबर (हि.स.)। दार्जिलिङको लालकोठी रोडमा रहेको कुमार छेत्रीको घरमा आगलागी भएको जानकारी प्राप्त भएको छ। उक्त आगलागीमा उनको घरलाई जलेर व्यापक क्षति गरेको छ। भाग्यवश कसैको ज्यानमालको क्षति भएन।
आगलागी घटनाको जानकारी पाउनसाथ अग्निशमन केन्द्रका कर्मचारीहरु र पुलिस आएर आगोलाई नियन्त्रणमा ल्याएको बताइएको छ। आगोलाई नियन्त्रणमा लिए पनि घर भने पूर्ण रुपमा जलेर नष्ट भएको जानकारी प्राप्त भएको छ।
---------------
हिन्दुस्थान समाचार / हनोक