नयाँ दिल्ली, 18 अक्टोबर (हि.स.)। मुख्यमन्त्री रेखा गुप्ताले भनिन्, दिल्लीले आज आफ्नो पहिलो दिव्य दीपोत्सव कर्तव्य पथमा मनाइरहेको छ। मुख्यमन्त्रीले शनिवार एक्स पोस्टमा भनिन्, अयोध्यामा प्रभु श्रीराम फर्किँदा समपूर्ण धरती नै जगमाएको थियो। रामलला आफ्नो भव्य मन्दिरमा विराजमान भएपछि भारतले आफ्नो आत्मालाई फेरि चिन्यो। त्यही चेतना, त्यही प्रभु श्री रामको अयोध्या आगमन दिल्लीको कर्तव्य पथमा अवतरित हुन गइरहेको छ।
उनले भनिन्, आज कर्तव्य पथमा 1 लाख 11 हजार दीपहरूको श्रृङ्खला, दिव्य राम कथा, भव्य ड्रोन शो औ सांस्कृतिक प्रस्तुति हरूको साथमा दिल्लीले आफ्नो पहिलो दिव्य दीपोत्सव मनाइरहेको छ। मुख्यमन्त्रीले भनिन्, यो त्यस सनातन संस्कृतिको प्रतीक हो जसले युगौंदेखि यो सन्देश दिँदै आइरहेको छ कि “राम थिए, राम छन् र राम रहनेछन्।”
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा