दुर्गापुर दुष्कर्म पीड़ितालाई अस्पतालबाट छुट्टी, जाँच पूरा नहुञ्जेलसम्म बंगालमै बस्नुपर्छ
दुर्गापुर दुष्कर्म पीड़ितालाई अस्पतालबाट छुट्टी, जाँच पूरा नहुञ्जेलसम्म बंगालमै बस्नुपर्छ


कोलकाता, 18 अक्टोबर (हि.स.)। पश्चिम बर्धमान जिल्लाको दुर्गापुरस्थित एक निजी मेडिकल कलेजको द्वितीय वर्षकी छात्रा जोसित गत साता कलेज परिसरदेखि बाहिर जंगलमा कथित रूपमा दुष्कर्म भएको थियो,-लाई गए शुक्रवार अस्पतालबाट छुट्टी दिइएको छ।

सूत्र अनुसार पीड़िता हाल जाँच पूरा नहुञ्जेलसम्म दुर्गापुरमै बस्नुपर्नेछ। तर तिनी कलेज हस्टेलमा बस्छन् वा अन्यत्र त्यो भने तय भएको छैन।

पीड़िताका पिताले गत बिहीवार भनेका थिए, चांँड़ै नै आफ्नी छोरीलाई ओड़िशा लिएर फर्किनेछन् र कहिल्यै पश्चिम बंगालमा उनीहरूर आउनेछैनन्। उनले यो पनि बताएका थिए, ओडिशाका मुख्यमन्त्री मोहन चरण माझीसित उनले छोरीको प्रवेश राज्यका कुनै मेडिकल कलेजमा गराउने अनुरोध गरेका छन् जसमाथि मुख्यमन्त्रीले सहयोग गर्ने आश्वासन दिएकाछन्।

यसबीच गए शुक्रवार फोरेन्सिक विशेषज्ञहरूको टीम फेरि त्यस जंगलमा पुग्यो जहाँ गत 10 अक्टोबरको राती घटना भएको थियो। पुलिस सूत्रले बतायो, मामिला दुष्कर्मको हो वा होइन भन्ने कुरा पु्ष्टि गर्नको लागि विस्तृत जाँच जारी छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande