दिल्लीको ब्रह्मपुत्र अपार्टमेन्टमा आगलागी, गरियो नियन्त्रण
दिल्लीको ब्रह्मपुत्र अपार्टमेन्टमा आगलागी, गरियो नियन्त्रण


नयाँ दिल्ली, 18 अक्टोबर (हि.स.)। गोल मार्केट क्षेत्रमा बिशम्बर दास मार्गस्थित ब्रह्मपुत्र अपार्टमेन्टमा शनिवार अपरान्ह आगलागी भयो। तर समयमै दिल्ली अग्निशमन विभागका छः वटा वाहनहरूले आगोलाई नियन्त्रण गऱे। आगलागीको कारणले क्षेत्रमा कोकोहोलो मचियो। यो अपार्टमेन्ट संसद भवनदेखि मात्र दुई सय मीटरको दूरत्वमा अवस्थित छ भने यहाँ केही राज्यसभा सांसदहरूको फ्ल्याट रहेको छ।

दिल्ली अग्निशमन सेवा मुताविक अपरान्ह 1:22 बजे ब्रह्मपुत्र अपार्टमेन्ट्समा आगलागी भएको सूचना पाउनसाथ तत्कालै छःवटा दमकल वाहनहरूलाई घटनास्थल तर्फ प्रस्थान गराइयो। अग्निशमन कर्मीहरूले सबैभन्दा पहिला मानिसहरूलाई अपार्टमेन्ट्सबाट सुरक्षित स्थानमा पुऱ्याए। दमकलका छःवटा वाहनहरूले कड़ा परिश्रम गरेर आगोलाई निभाए। अहिले पनि यहाँ कुलिंगको कार्य भइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande