मणिपुरमा प्रतिबन्धित संंगठनका चारजना क्याडर पक्राउ, हतियार जफत
मणिपुरमा प्रतिबन्धित संंगठनका चारजना क्याडर पक्राउ, हतियार जफत


इम्फाल, 18 अक्टोबर (हि.स.)। मणिपुरमा सुरक्षा बलहरूले प्रतिबन्धित संगठन कांगलीपाक कम्युनिस्ट पार्टी (केसीपी)- का विभिन्न गुटहरूसित जोड़िएका सक्रिय क्याडर एवं यसका सहयोगीहरूलाई पक्राउ गरेका छन्। साथै एकजना नागरिकलाई पनि पक्राउ गरेका छन् जसमाथि उनीहरूलाई शरम दिएको आरोप छ। यिनीहरू सबैलाई बिष्णुपुर, थौबल औ चुराचाँदपुर जिल्लाका विभिन्न क्षेत्रहरूमा अभियान संचालन गरी पक्राउ गरिएको हो।

मणिपुर पुलिसले आज जारी आधिकारिक बयानमा बताएको छ, पहिलो अभियानमा सुरक्षा बलहरूको एक संयुक्त टीमले बिष्णुपुर जिल्लाको निंगथौखोंग खा वार्ड संख्या 6 निवासी मोइरंगथेम शान्ता सिंह (52)-लाई उसैको आवासबाट पक्राउ गरियो जो कथित रूपमा केसीपी (ताइबांगनबा) गुटका सदस्यहरूलाई शरण दिनमेा सामेल थिए।

छापेमारीमा त्यसै गुटका दुईजना सक्रिय सदस्यहरूलाई पनि उसैको घरबा पक्राउ गरियो जसको पहिचान निंगथौजम राकेश सिंह उपनाम लुचिंगपुरेल (21), बिष्णुपुर वार्ड संख्या 6 औ लैशराम बिरजीत सिंह उपनाम लकी (35), खोंगजोम बजार मानिंग, थौबल जिल्लाको रूपमा गरिएको छ।

प्रारम्भिक जाँचबुझपछि सुरक्षा बलहरूले एक अनुवर्ती अभियान शुरू गरे जसको परिणामस्वरूप केसीपी (ताइबंगनबा)-का एकजना सक्रिय सदस्यलाई पक्राउ गरियो जसको पहिचान चुराचाँदपुर जिल्लाको तुइबोंग जान वेंग ममांग निवासी लैशराम किशन सिंह उपनाम पमुबा (23) -को रूपमा भएको छ उसलाई बिष्णुपुर पुलिस स्टेशन अन्तर्गत नाचौं पंथोंग क्षेत्रबाट पक्राउ गरिएको हो।

अभियानको क्रममा सुरक्षा बलहरूले एउटा पेस्तोल, एउटा म्यागजिन र पाँच वटा जिउँदो कारतूस, पाँचवटा मोबाइल फोन र एउटा साइड ब्यागलाई जफत गरेको छ।

अर्को भिन्नै घटनामा सुरक्षा बलहरूले थौबल जि्लाको खौंगजोम थाना अन्तर्गत टेकचाम मयाई लिकाई निवासी सक्रिय विद्रोही, पेबम हीरा सिंह उपनाम लकपा (50)-लाई पक्राउ गऱ्यो जसको पहिचान केसीपी (नोंगड्रेनखोम्बा) गुटका सदस्यको रूपमा भएको छ भने कथित रूपमा आरोपी बलजफ्ती असुली, कार्यकर्ताहरू भर्ती तथा हतियार एवं गोला बारूदको वरिवहनमा सामेल थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande