मेदिनीपुर, 18 अक्टोबर (हि.स.)। पश्चिम मेदिनीपुर जिल्लाको दाँतन-2 ब्लकस्थित गढ़ हरिपुर ग्राम पञ्चायतको ज्योतिबाड़ क्षेत्रमा एकजना गृहणीको संदिग्ध परिस्थितिमा मृत्यु भएको घटनाले सम्पूर्ण क्षेत्रमा सनसनी फैलिएको छ। परिवारले यसलाई हत्याको मामिला बताउँदै पतिमाथि गम्भीर आरोप लगाएको छ।
शनिवार बिहान स्थानीय मानिसहरूले घर नजिकै एक परित्यक्त पोखरीमा महिलाको सड़िसकेको शव देखे। खबर पाउनसाथ बेलदा थाना अन्तर्गत जोड़ा गेड़िया फाड़ी पुलिस घटनास्थलमा पुग्यो अनि शवलाई उद्धार गरी पोस्टमर्टम गर्न पठाइदियो।
मृतकाको पहिचान बिजली बेरा (35 वर्ष)-को रूपमा भएको छ जो दाँतन-2 ब्लकको हरिपुर ग्राम पञ्चायतस्थित ज्योतिबाड़ गाउँकी निवासी थिइन्।
परिवार सूत्र अनुसार पछिल्लो तीन दिनदेखिको बिजली बेरा बेपत्ता भएकी थिइन्। परिवारका सदस्यहरूले तिनलाई हरसम्भव खोजे, तर कतै पत्तो लागेन। शनिवार पोखरीमा शव भेटिएपछि परिवारमा कोकोहोलो मचियो।
मृतकाको माइती पक्षले गम्भीर आरोप लगाउँदै भन्यो, “बिजलीको हत्या उसको पति प्रदीप बेराले गरेर शवलाई लुकाउनको लागि पोखरीमा फालिदिएको हो।” परिवारको दाबी छ, दम्पत्तिबीच प्रायजसो नै विवाद हुन्थ्यो र उनीहरूको वैवाहिक जीवनमा कलह भइरहेको थियो।
पुलिसले मामिला दर्ता गरी जाँच शुरू गरेको छ। प्रारम्भिक जाँचबुझको लागि पति प्रदीप बेरा, सासु र परिवारका एकजना सदस्यलाई हिरासतमा लिइएको छ। हाल पुलिसले पोस्टमर्टम रिपोर्टको प्रतीक्षा गरिरहेको छ ताकि मृत्युको कारण पुष्टि हुन सकोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा