असममा काति बिहु र धनतेरसको व्यापक आयोजन
असममा काति बिहु र धनतेरसको व्यापक आयोजन


बिश्वनाथ (असम), 18 अक्टोबर (हि.स.)। असममा आज काति बिहुसँगसँंगै धनतेरस पर्व पनि श्रद्धा अनि उत्साह पूर्वक मनाइयो। धनतेरलाई शुभ दिन मानिन्छ। यस दिन माँ कालीको पूजा लक्ष्मीको स्वरूपमा गरिन्छ।

परम्परा अनुसार यस दिन मानिसहरूले कमलको फूल, कौड़ी, बेसार, धनिया, झाड़ु, सुन चाँदि आदि वस्तुहरू खरिद गर्दछन्। यस्तो विस्वास छ कि यी वस्तुहरू खरिद गर्नाले घरमा लक्ष्मीको वास हुन्छ अनि आर्थिक समृद्धि बढ़्छ। यस अवसरमा गुहावाटी लगायत गहपुर एवं विभिन्न बजारहरूमा ग्राहकहरूको भीड़ देखियो।

काति बिहु जसलाई कंगाली बिहु पनि भनिन्छ, असमका तीन प्रमुख बिहु उत्सवहरूमध्ये एक हो। यसलाई असोज र कार्तिक महिनाको संक्रान्तिको दिन मनाइन्छ। यस समय घरको भण्डार लगभग खाली भएको हुन्छ र खेतहरूमा धानको फसल हुर्किरहेको हुन्छ। यस दिन असमिया परिवारले आफ्नो घरमा तुलसीको बोट मुनि दियो बाल्छ साथै आँगन र खेतमा पनि दियो बालेर माँ लक्ष्मीसित राम्रो फसल अनि समृद्धिको कामना गर्दछ। कतिपय स्थानहरूमा आकाश दीप (स्काई लैंटर्न) पनि जलाइन्छ जसको प्रकाशले राती आकाश जगमगाउँछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande