असम पुलिसको शीर्ष स्तरमा व्यापक फेरबदल
असम पुलिसको शीर्ष स्तरमा व्यापक फेरबदल


गुवाहाटी, 18 अक्टोबर (हि.स.)। असम सरकारले पुलिस विभागमा व्यापक प्रशासनिक फेरबदल गरेको छ। राज्यका वरिष्ठ पुलिस अधीक्षक (एसएसपी), पुलिस अधीक्षक (एसपी) औ उपपुलिस आयुक्त (डीसीपी) स्तरका मोठ 36 जना अधिकारीहरूलाई स्थानान्तरण गरिएको छ।

आदेश अनुसार सिवसागरका एसएसपी पार्थ प्रतिम दासलाई कछार जिल्लाको एसएसपी नियुक्त गरिएको छ भने लीना दोलैलाई पुनः सिवसागरको एसएसपी बनाइएको छ। देबाशीष बोरा अब धुबड़ीका एसएसपी हुनेछन्।

कछारका एसएसपी नोमल महत्तालाई कोकराझारमा स्थानान्तरित गरिएको छ भने कोकराझारका एसएसपी पुष्पराज सिंहलाई शिवसागरमा पठाइएको छ। शिवसागरका एसएसपी शुभ्रज्योति बोरालाई होरहाटमा एसएसपी निुक्त गरिएको छ जबकि जोरहाटका एसएसपी श्वेतांक मिश्रालाई 4औं एपी बटालियनमा पठाइएको छ।

डिमा हासाओका एसएसपी मयंक कुमारलाई तिनसुकियामा स्थानान्तरित गरिएको छ भने एआईजी रिपुञ्जय काकतीलाई डिमा हासाओको नयाँ एसएसपी बनाइएको छ।

विश्वनाथका एसएसपी शुभाशिष बरुवालाई शिवसागरको एसएसपी नियुक्त गरिएको छ भने बजलीका एसएसपी ए बसुमतारीलाई विश्वनाधको एसएसपी बनाइएको छ।

गुवाहाटी पुलिसमा डीसीपी (सेन्ट्रल) अमिताभ बसुमतारीलाई डीसीपी (वेस्ट) बनाइएको छ, एडीसीपी (सेन्ट्रल) साम्भवि मिश्रालाई डीसीपी (सेन्ट्रल) -को जिम्मेवारी सुम्पिइएको छ। वर्तमान डीसीपी (वेस्ट) पद्मनाभ बरुवालाई वरिष्ठ पुलिस अधीक्षक (भिजिलेन्स एण्ड एन्टी-करप्शन) नियुक्त गरिएको छ। यस अतिरिक्त पुष्पराज सिंहलाई कार्बी आंगलोंगको एसएसपी अनि कार्बी आंगलोंगका एसएसपी सञ्जीव कुमार सैकियालाई कामरूप जिल्लामा स्थानान्तरण गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande