कोलकाता, 18 अक्टोबर (हि.स.)। पश्चिम बंगालको आरजी कर मेडिकल कलेजकी पीड़िताको जीवनमाथि बन्न लागेको फिल्मलाई लिएर अनिश्चितता कायम छ, किनभने पीड़िताका माता-पिताले यसको लागि अहिलेसम्म सहमति दिएका छैनन्।
पीड़िताका माता-पिताले गए बिहीवार भने, उनीहरूले यस विषयमा त्यसबेला मात्र विचार गर्नेछन् जतिबेला उनीहरूकी छोरीले न्याय पाउनेछ। यो बयान त्यसबेला आयो जतिबेला निर्देशक उज्ज्वल चट्टोपाध्यायले पीड़िताको जीवनमाथि आधारित एउटा फिल्म बनाउने घोषणा गरे। यस फिल्मको नाम ‘तिलोत्तमा’ राखिएको छ जुन पीड़िताको नाममा आधारित छ र यसलाई आगामी वर्ष 2026-को पश्चिम बंगाल विधानसभा अगावै रिजील गर्ने योजना छ।
सूत्र अनुसार फिल्म निर्देशकले कैयौं पटक पीड़िताका माता-पितासित स विषयमा बातचित गरिसकेका छन्, तर उनलाई परिवारको पक्षबाट अन्तिम स्वीकृति प्राप्त भएको छैन। पीड़िताका पिताले मीडिया समक्ष भने, “अहिलेसम्म हामीलाई केही थाहा छैन। एकजना निर्देशक हामीलाई भेट गर्न आएका थिए। मैले उनलाई भनें, जबसम्म हामीले न्यााय पाउँदैनौं तबसम्म यसप्रकारको कुनै पनि प्रस्तावसित हाम्रो कुनै सरोकार हुनेछैन। न्याय पाएपछि नै हामी यसमाथि विचार गर्नेछौं। कसैले फिल्म बनाउन चाहन्छ भने त्यो उसको जिम्मेवारी हो।”
पीड़िताकी आमाले भनिन्, मेरो सोच न्यायसम्म मात्र सीमित छ। जबसम्म हामीलाई यो थाहा हुँदैन कि त्यस रात के भएको थियो र यसको पछाड़ि को थियो, तबसम्म यो फिल्मले हाम्रो लागि कुनै अर्थ राख्दैन। मेरी छोरी सबैको छोरी हो। जबसम्म न्याय पाउँदैन, तबसम्म केही हुँदैन।
निर्देशक उज्ज्वल चट्टोपाध्यायले मीडिया समक्ष भने, यो फिल्म बनाउन चाहन्छु। पीड़िताका माता-पितासित प्रारम्भिक बातचित भइसकेको छ। अनुमति बिना फिल्म बनाउन सकिँदैन। त्यसैले हाल केही भन्न सकिँदैन, तर उनीहरूको सहमति लिने चेष्टा गर्नेछु।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा