बेल्दामा पुलिसको छापामारी, प्रचुर मात्रामा अवैध पटाका जफत
बेल्दामा पुलिसको छापामारी, प्रचुर मात्रामा अवैध पटाका जफत


पश्चिम मिदनापुर, 18 अक्टोबर (हि.स.)। कालीपुजापूर्व बेल्दा थानाको पुलिसले अवैध पटाकाहरूविरूद्ध अभियान संचालन गऱ्यो जसमा प्रचुर मात्रामा प्रतिबन्धित पटाका जफत गरियो। बितेको शुक्रवार राती पश्चिम मिदनापुर जिल्लाको बेल्दास्थित सुभाषपल्ली क्षेत्रमा गुप्त सूचनाको आधारमा पुलिसले एुटा पसल र गोदाममा छापा माऱ्यो।

यस कारबाहीमा पुलिसले अवैध पटाका राखेको अनि बेचेको आरोपमा एकजना व्यक्तिलाई पक्राउ गऱ्यो। साथै त्यहाँ रहेका सबै पटाकाहरूलाई जफत गरियो।

बेल्दा थानाका अधिकारी गोबर्धन साहुले बताए, केही दिनपूर्व दिघा-मिदनापुर रूटमा एक निजी बसको जाँच गर्दा ठूलो संख्यामा पटाका र त्यसको निर्माण सामग्री जफत गरिएको थियो। त्यस कारबाहीमा बसबाट केही क्विन्टल पटाका बनाउने सामग्री जफत गरियो जसलाई दिघादेखि मिदनापुर तर्फ ल्याइँदैथ्यो।

-------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande