शिमला, 18 अक्टोबर (हि.स.)। पूर्व मुख्यमन्त्री एवं पूर्व केन्द्रिय मन्त्री शान्ता कुमारले शिमला जिल्लाको रोहड़ु क्षेत्रमा घटित एक पीड़ादायी घटनामाथि गहिरो दुःख अनि चिन्ता व्यक्त गरेका छन्। उनले भने, एकजना 12 वर्षीय दलित बालक मात्र यसकारणले आत्महत्या गर्न बाध्य भए, किनभने उसलाई उच्च जातिको घरमा गएको कारणले अपमानित गरियो।
शान्ता कुमारले शनिवार एक बयानमा भने, जानकारी मुताविक बालक गल्तीले छिमेकको उच्च जातिको घरमा गएको थियो। घरकी महिलाले उसलाई समातेर भनी, घर अपवित्र भएको छ, त्यसपछि गौशालामा बन्द गरिदियो। दोस्रो दिन उ घरमा फर्केर आउँंदा अपमान र मानसिक पीड़ाले उद्वेलित भई उसले विष सेवन गऱ्यो। मृत्युपूर्व उसले आफ्नी आमासित भनेको थियो, उसले यो अपमानलाई सहन गर्न सकिरहेको छैन।
शान्ता कुमारले यस घटनालाई अत्यन्त लज्जाजनक तथा निन्दनीय बताएका छन्। उनले भने, जुन छुआछुत जस्तो कुरितीहरूको कारणले महान भारतलाई शताब्दिऔंसम्म दासता सहनु पऱ्यो, आज पनि त्यसको तुष कहीँ न कतै जिउँदै छ। यो हाम्रो समाजको लागि कलंक मात्र नभएर भगवानको पनि अपमान हो, किनभने भगवानले सबैलाई समान बनाएका छन्।
उनले भने, छुआछुत सबैभन्दा ठूलो अपराध हो र सबैभन्दा ठूलो पाप पनि। यो देखेर दुःख लाग्छ कि 21औं शताब्दिको भारतमा अहिले पनि यस्तो मानसिकता जिउँदो छ जसले एक अबोधको ज्यान समेत लियो।
शान्ता कुमारले यो पनि भने, यो अत्यन्त दुर्भाग्यपूर्ण कुरा हो कि यस्तो गम्भीर घटनालाई मीडियाले उचित स्थान दिए न त समाज अनि सरकारले कुनै ठोस प्रतिक्रिया दियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा