दिल्लीमा विशेष स्वच्छता अभियान आरम्भ, 5 सयभन्दा अधिक जीवीपी स्थलहरूमा हुनेछ निरीक्षण
दिल्लीमा विशेष स्वच्छता अभियान आरम्भ, 5 सयभन्दा अधिक जीवीपी स्थलहरूमा हुनेछ निरीक्षण


- दिल्ली नगरनिगमको मेयर, उपमेयर, स्थानीय समिति अध्यक्ष एवं नेता सदनको नेतृत्वमा अभियान संचालन हुनेछ

नयाँ दिल्ली, 18 अक्टोबर (हि.स.)। दिल्ली नगरनिगमले राजधानीका सड़क एवं गल्लीहरूबाट मैला-कुचैलाको थुप्रोलाई तह लगाउनको लागि शनिवारदेखि एक विशेष स्वच्छता अभियानको शुरुआत गऱ्यो। निगमका नेता सदन प्रवेश वाहीले बताए, यस अभियान अन्तर्गत दिल्लीका सबै जोनहरूमा 517 गार्बेज वल्नरेबल पोइन्ट (जीवीपी) स्थलहरूमा प्रतिदिन स्वच्छताको निरीक्षण गरिनेछ।

यस अभियानको नेतृत्व दिल्लीका मेयर राजा इकबाल सिंह, उपमेयर जय भगवान यादव, स्थायी समिति अध्यक्ष सत्या शर्मा, स्थायी समिति उपाध्यक्ष सुन्दर तँवर, शिक्षा समिति अध्यक्ष योगेश वर्मा औ डेम्स समिति अध्यक्ष सन्दीप कपूरले गर्नेछन् भने सबै जोनका अध्यक्ष अनि निगमका अधिकारीहरूले प्रतिदिन बिहान निरीक्षण गर्नेछन्।

मेयर राजा इकबाल सिंहले नागरिकहरूसित अपील गर्दै भने, आ-आफ्नो क्षेत्रलाई स्वच्छ बनाइराख्नमा नगरनिगमलाई सहयोग गरौं। उनले भने, दिल्लीलाई स्वच्छ र हरियाली बनाउने हामम्रो सामूहिक कर्तव्य हो। यस दिशामा नागरिकहरूको सहभागिता सबैभन्दा महत्वपूर्ण छ।

नेता सदन प्रवेश वाहीले बताए, दिल्लीका 12 वटा जोनमा 517 वटा यस्ता स्थानहरूक पहिचान गरिएको छ जहाँ नियमित रूपमा मैला-कुचैला थुप्रिन्छ। उनले भने, यस अभियानको लक्ष्य हरेक वार्ड, हरेक जोन अनि हरेक सड़कलाई स्वच्छ र मैलामुक्त बनाउनु हो।

प्रवेश वाहीले बताए, जीवीसी स्थलहरूको सफा मात्र गरिनेछैन जबकि त्यहाँ बोट-बिरूवा पनि रोपेर आकर्षित रूपमा विकसित गरिनेछ ताकि मानिसहरूले फेरि त्यहाँ मैला-कुचैला फाल्न नसकुन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande