आरक्षणको मागमा राज्यव्यापी बन्द, दीपावलीमा घर जाने यात्रीहरू चिन्तित
आरक्षणको मागमा राज्यव्यापी बन्द, दीपावलीमा घर जाने यात्रीहरू चिन्तित


हैदराबाद, 18 अक्टोबर (हि.स.)। तेलंगानामा स्थानीय निकाय चुनाउमा पछौटे वर्गको लागि 42 प्रतिशत आरक्षण दिनुपर्ने मागलाई लिएर पछौटे वर्ग संयुक्त कारबाही समितिले शनिवार डाकेको राज्यव्यापी बन्दको प्रभाव देखिँदैछ। बन्दबाट सबैभन्दा अधिक समस्या यात्रीहरूलाई भइरहेको छ। बन्द भएको कारणले दीपावलीमा घर जानका लागि मानिसहरूले सवारी साधनहरू पाइरहेका छैनन्।

पछौटे वर्ग संघका नेताहरूले राज्यभरिका सबै जिल्लाहरूमा आरटीसी डिपो बाहिर बसहरूको परिचालनलाई रोकिदिएका छन्। जुबली बस स्ट्याण्डदेखि विभिन्न स्थानमा जाने बसहरूलाई जताततै रोकिएको छ।

करिमनगर, निजामाबाद, वारंगल, विजयवाड़ा, खम्मम, सिद्दीपेट, सूर्यापेट, नलगोंडा आदि स्थानहरूमा जाने यात्री बसहरूको ठूलो अभाव भएको छ। अर्कोतिर क्याब चालकहरूले मौकाको फाइदा उठाएर मनमानी ढंगमा भाड़ा असुलिरहेका छन्। मानिसहरूलाई बस स्ट्याण्डहरूमा घण्टौं प्रतिक्षा गर्न परिरहेको छ। हैदराबादमा कंग्रेस कार्यकर्ताहरूले बन्दलाई समर्थन गर्दै व्यापारिक प्रतिष्ठानहरूलाई बलजफ्ती बन्द गराए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande