मिरजापुर, 18 अक्टोबर (हि.स.)। चुनार कोतवाली क्षेत्रको मगरहास्थित माता शान्ति इन्टर कलेज अगाड़ि कछवा–चुनार घाट राजमार्ग (74)-मा गए शुक्रवार अबेर राती एक पीड़ादायी दुर्घटना भयो जसमा दुई दाज्यु-भाइले ज्यान गुमाए। बाइक सवार इन्तजार (24), पुत्र कुर्शिदको घटनास्थलमै मृत्यु भयो भने उसको दाज्यु अब्दुल रहमान (35)-को उपचारको क्रममा वाराणसी ट्रामा सेन्टरमा मृत्यु भयो।
मृतकहरू कछवा थाना क्षेत्रको पसियाही गाउँका थिए। मगरहामा वाहन सर्भिस एवं धुने काम गर्थे। अबेर साँझ दोकान बन्द गरेर घर फर्किरहेको समय कुनै अज्ञात वाहनले उनीहरूको बाइकलाई ठक्कर दियो। घटनापछि वाहनसितै चालक भाग्न सफल भयो। सूचना पाउनसाथ चुनार पुलिसले घटनास्थमा पुगेर एम्बुलेन्सको माध्यमबाट दुवै घाइतेलाई सामुदायिक स्वास्थ्य केन्द्रमा पुऱ्यायो जहाँ इन्तजारलाई मृत घोषित गरियो। कोतवाल विजय शंकर सिंहले बताए, गम्भीर रूपमा घाइते अब्दुल रहमानलाई ट्रामा सेन्टर वाराणसी रेफर गरिो जहाँ उपचारको क्रममा उसको पनि मृत्यु भयो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा