पालीमा सड़क दुर्घटना, दुई अबोधको मृत्यु
पालीमा सड़क दुर्घटना, दुई अबोधको मृत्यु


पाली, 18 अक्टोबर (हि.स.)। जिल्लामा गए शुक्रवार अबेर राती भयानक सड़क दुर्घटनामा भयो जसमा दुईजना अबोध बालिकाहरूको मृत्यु भयो भने 28 जना यात्रीहरू घाइते भए। यो दुर्घटना रोहट थाना अन्तर्गत गाजनगढ़ टोल नजिक अबेर राती लगभग 2 बजे भएको हो।

पुलिसले बताए अनुसार एक निजी बस प्रतापगढ़देखि जैसलमेर तर्फ गइरहेको थियो। यसै क्रममा बस अनियन्त्रित भएर डिभाइडरमा ठोक्कियो। यस घटनामा धेरैजना यात्रीहरू गम्भीर रूपमा घाइते भएका छन्। घटनाको सूचना पाउनसाथ रोहट थाना पुलिसले घटनास्थलमा पुगेर घाइतेहरूलाई पालीको बांगढ़ हस्पिटलमा पुऱ्यायो।

हस्पिटलमा पहिलाबाटै डाक्टर्सको टीमलाई अलर्ड गरिएको थियो। घाइतेहरू पुग्नसाथ तत्कालै उपचार शुरू गरियो। दुर्घटनामा रतलाम (मध्य प्रदेश) निवासी एक वर्षीया बच्ची दिव्याको मृत्यु भयो भने खेतपालिया (मध्य प्रदेश) निवासी सात वर्षीय सोनाको छात्तीमा काँच पसेर मृत्यु भयो। दुर्घटनाको सूचना पाएर पालीका एडीएम सहित एसडीएम विमलेन्द्र सिंह राणावत एवं अन्य अधिकारीहरू बांगड़ हस्पिटलमा पुगे। घाइतेहरूले बताए, उनीहरूले धेरै पटक चालकलाई बसको गति कम गर्ने चेताउनी दिँदा पनि उसले मानेन। दुर्घटनापथि चालकले सुइँकुच्चा ठोक्यो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande