गान्तोक, 18 अक्टोबर (हि.स.)। अध्यक्ष, निर्देशक मण्डली, सीईओ तथा लेखाकार लगायत चेरी ब्लसम अनि प्रेमलाखा-सुबानेडाँडाका प्रगतिशील कृषकहरू सामेल एफपीओ प्रबन्धन टोलीद्वारा सीबीबीओका रूपमा अर्किडका लागि आईसीएआर-एनआरसीको सहयोगमा रम्फूस्थित आइएफएफसीओ सिक्किम अर्गेनिक्सको एकदिने अध्ययन भ्रमण गरियो।
टोलीद्वारा सिक्किम राज्यमा आईफएफसीओद्वारा गरिरहेको गतिविधि अनि भूमिकाबारे बुझ्ने पहल गरियो। एफपीओ टोलीद्वारा आइफएफसीओ सिक्किमको माध्यमद्वारा आफ्नो कृषि उत्पादहरूको बेच-बिखनप्रति गहन चासो देखाइयो।
टोलीलाई जैविक उत्पादको राष्ट्रिय अनि अन्तरराष्ट्रिय बजारमा प्राथमिकतामाथि बल दिँदै आइएफएफसीओको बेच-बिखन मार्गद्वारा खरिद अनि बेच-बिखन प्रक्रियाबेर आइएफएफसीओ, सिक्किमका प्रबन्धक (खरिद) पेम्बा सी. शेर्पाले जानकारी दिए।
आफ्नो उत्पादनको निम्ति उत्तम मूल्य प्राप्त गर्न उब्जनीको बेच-बिखन सम्भावनाबारे एफपीओ सदस्यहरूलाई जानकारीका साथै प्रशिक्षण प्रदान गर्न आइएफएफसीओको समन्वयनमा डा. कलैवनन, एनएस, सह-शीर्ष अधिकारी (सीबीबीओ) द्वारा आयोजित गरिएको जानकारी आज पीआईबीले दिएको छ।
हिन्दुस्थान समाचार / बिशाल