भारी मात्रामा प्रतिबन्धित पटेका जफत, एक पक्राउ
भारी मात्रामा प्रतिबन्धित पटेका जफत, एक पक्राउ


सिलगढ़ी, 18 अक्टोबर (हि.स.)। सिलगढ़ी थाना पुलिसले भारी मात्रामा प्रतिबन्धित पटेकाहरूको साथ एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेको आरोपीको नाम प्रणव राय बताइएको छ।

प्राप्त जानकारी अनुसार, सिलगढ़ीको महावीर स्थान क्षेत्रमा प्रचुर मात्रामा प्रतिबन्धित पटेकाको भण्डार राखिएको पुलिसले सूचना पाएको थियो। जसपछि सिलगढ़ी थाना पुलिस शुक्रवार राति खरीदार बनेर घटनास्थसमा पुग्यो र प्रतिबन्धित पटेकाहरूको ब्ल्याकमार्केटको खुलासा गऱ्यो। पुलिसले घटनास्थलबाट लाखौं रूपियाँको प्रतिबन्धित पटेका जफत गरेको छ। यस मामिलामा एक व्यक्तिलाई पक्राउ गरिएको छ। सिलगढ़ी थाना पुलिस अग्रिम कारबाहीमा जुटेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande