सम्भल, 18 अक्टोबर (हि.स.)। उत्तर प्रदेशको सम्भलमा जामा मस्जिद सर्वेमा भएको बबालको षड़यन्त्रमा सामेल शारिक साटाको जफत गरिएको जमीनमा असमोली सीओको कार्यालय बनाउने तयारी छ। यो 200 गज जमीन हिन्दूपुरा खेड़ा क्षेत्रमा हिन्दूपुरा खेड़ा पुलिस चौकी निकट स्थित छ। अवैध कमाईबाट यो जमीन अर्जित गरिएको कारण यस जमीनलाई जिल्ला प्रशासनद्वारा जफत गरिएको थियो। अब पुलिसले जिल्ला प्रशासनसित यस जफत गरिएको जमीनलाई सीओ कार्यालयको निम्ति आवंटित गरिदिने आग्रह गरेको छ। ताकि शहरमा असमोली सीओको कार्यालय बनाएर सुरक्षालाई मजबूत गर्नसकियोस्। सम्भल-हसनपुर मार्गमा भएको कारण यस जमीनको मूल्य लाखौंमा छ।
24 नोभेम्बरमा जामा मस्जिद सर्वेमा भएको बबालमा मुख्य षड़यन्त्रकर्ताको रूपमा शारिक साठाको पनि भूमिका प्रकाशमा आएको थियो। यसका तीन सदस्यले विदेशी हतियार चलाएका थिए र पाँच जनाको मृत्यु भएको थियो। यसमा हत्याको चार मामिला दर्ता गरिएको थियो। पाँचौं मृतकको परिजनहरूले कुनै कारबाही बिना शवलाई दफ्नाएका थिए। एसआईटी जाँचमा शारिक साठाको सदस्य मुल्ला अफरोज, गुलाम र वारिसको भूमिका पाइयो। तीनैलाई पक्राउ गरी थुनामा पारिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी