मन्दिरमा साध्वीसित अश्लील व्यवहार, मामिला दर्ता
मन्दिरमा साध्वीसित अश्लील व्यवहार, मामिला दर्ता


जीन्द, 18 अक्टोबर (हि.स.)। सफीदो क्षेत्र स्थित मन्दिरमा पसेर एक साध्वीसित अश्लील व्यवाहर गरेको तथा विरोध गर्दा धम्की दिएकोमा शहर थाना सफीद पुलिसले एक व्यक्ति विरूद्ध मामिला दर्ता गरेको छ। पुलिसले मामिलाको जाँच गरिरहेको छ।

शनिवार जानकारी दिँदै शहर थाना सफीदो क्षेत्रको मन्दिरकी एक साध्वीले पुलिसलाई दिएको शिकायतमा बताइन्, उनले मन्दिरमा पूजा अर्चना गर्छिन्। सदा झैं शुक्रवार पनि उनी मन्दिरमा थिइन्। साँझ गाउँ फफड़ाना करनाल निवासी किरणपाल मन्दिरमा पस्यो। जब उ मन्दिरमा आय़ो तब उसले रक्सी खाइराखेको थियो। मन्दिरमा आउनसाथ आरोपीले साध्वीसित अश्लील व्यवहार गर्नु शुरू गऱ्यो। जब साध्वीले विरोध गरिन् तब आरोपीले अपशब्द भन्न थाल्यो। जब उले आफ्नो बचाउमा चिच्याउनु शुरू गरिन् र वरपरका माननिसहरू घटनास्थलमा पुगे तबसम्म आरोपीले धम्की दिँदै त्यहाँबाट भागिसकेको थियो। पछि मामिलाको शिकायत शहर थाना सफीदो पुलिसलाई दिइयो।

पुलिसले साध्वीको शिकायतमा किरणपाल विरूद्ध अश्लील व्यवहार गरेको समेत विभिन्न भारतीय न्याय संहिता अन्तर्गत मामिला दर्ता गरेको छ। पुलिस मामिलाको जाँचमा जुटेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande