उरई, 18 अक्टोबर (हि.स.)। उत्तर प्रदेशको जालौनमा थाना रेन्ढर क्षेत्रमा शुक्रवार राति रक्सी पार्टीमा भएको विवादमा धारिलो हतियारले हमला गरी एक युवकको हत्या गरियो। घटनाको सूचना पाएर घटनास्थलमा पुगेको पुलिसले आरोपीलाई पक्राउ गरी घटनास्थलको जाँच गर्दै शवलाई पोस्टमार्टमको निम्ति पठाएर कारबाही गऱ्यो।
क्षेत्राधिकारी माधौगढ़ अंबुज सिंहले बताए, गए राति रेन्ढरको ग्राम गडेरना निवासी धर्मेन्द्र र राहुल कुशवाहाले एकसाथ बसेर रक्सी खाए। रक्सी खाएपछि दुवैबीच कुनै कुरालाई लिएर विवाद शुरू भयो। यसबीच राहुलले कुनै धारिलो हतियारले हमला गरी धर्मेन्द्रलाई घाइते बनाएको आरोप छ।
हमलामा घाइते धर्मेन्द्र त्यहाँबाट ज्यान बचाएर भाग्यो र केही टाढ़ा गएर बस्यो। त्यही ठाउँ उसको शव भेटिएको छ। शव भेटिएको सूचना पाएर थानाध्यक्ष रेन्ढरले तत्काल पुलिस बलको साथ घटनास्थलमा पुगेर छानबीन शुरू गरे। घटनास्थलमा पुगेको फील्ड यूनिटको टीमले साक्ष्य जुटायो। यस अवधि थाहा लाग्यो कि मृत धर्मेन्द्रको भाई नरेन्द्रलाई आरोपी राहुलले घटनाअघि जालौन छोड्न गएको थियो। पुलिसले शवलाई पोस्टमार्टमको निम्ति पठाएर मामिलाको छानबीन शुरू गरेको छ।
पुलिसले आरोपी राहुल कुशवाहालाई पक्राउ गरेको छ र उसित घटनाको सम्बन्धमा सोधपुछ गर्दै अग्रिम कारबाही गरिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी