गान्तोक, 18 अक्टोबर (हि.स.)। सिक्किम सरकारका मुख्य सचिव आर. तेलाङ आगामी 31 अक्टोबरका दिन सरदार वल्लभभाई पटेलको जन्मजयन्तीको अवसरमा पालन गरिने राष्ट्रिय एकता दिवस 2025 को आयोजनको समीक्षा गर्न आज एक तयारी बैठकको अध्यक्षता गरे। टाशीलिङ सचिवालयको सम्मेलन हलमा आयोजित बैठकमा पुलिस महानिदेशक, विभाग प्रमुखहरू, विभिन्न लाइन विभागका वरिष्ठ अधिकारीहरू र आईटीबीपीका प्रतिनिधिहरू उपस्थित थिए।
मुख्य सचिव तेलाङले आफ्नो सम्बोधनमा कार्यक्रमको सुचारु सञ्चालन सुनिश्चित गर्न सबै विभागहरूलाई समन्वयमा काम गर्न आग्रह गरे। उनले राष्ट्रिय एकता दिवस राष्ट्रलाई बलियो बनाउने एकता र सामूहिक प्रयासको भावनाको सम्झनाको रूपमा पालन गरिन्छ भनी बताए।
बैठकमा यस अवसरको लागि योजनाबद्ध गतिविधिहरूको बारेमा विस्तृत रूपमा छलफल गरियो र प्रत्येक विभागलाई उचित समन्वय सुनिश्चित गर्न विशेष जिम्मेवारी निर्धारित गरियो। अधिकारीहरूले यो उत्सव व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न भएको सुनिश्चित गर्न आफ्ना विचार र सुझाउहरू साझा गरेका थिए।
हिन्दुस्थान समाचार / बिशाल