पटनाको बुद्ध स्मृति पार्कमा भूमि पूजा सम्पन्न
पटनाको बुद्ध स्मृति पार्कमा भूमि पूजा सम्पन्न


गान्तोक, 18 अक्टोबर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङ र धर्म विभागका मन्त्री सोनाम लामाको निर्देशनमा धर्म विभागका अधिकारीहरूले भूज पूजा समारोहको लागि पटना, बिहारको बुद्ध स्मृति पार्क भ्रमण गरे। समारोह बीटीएमसी बोधगयाका सदस्य भान्टे कौन्दिलिया र निङ्गमा मेनलोम छेन्मोका सदस्य खेन्पो तामदिङको उपस्थितिमा सम्पन्न गरियो।

भ्रमणको क्रममा टोलीले पटनाको बुद्ध स्मृति पार्कका निदेशक/प्रभारी डा. निर्भयासॅंग पनि भेट गऱ्यो र पार्कमा टाशीडिङको छोर्तेन थोङ्गवा रङ्गडोलको प्रस्तावित प्रतिकृति निर्माणको बारेमा जानकारी गराए। बैठक र भूमि पूजा सफलतापूर्वक सम्पन्न भएको बताइएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande