पाकिम, 18 अक्टोबर (हि.स.)। सिक्किम र मणिपुरबीच रम्फूको सिक्किम क्रिकेट खेलमैदानमा आयोजित चार दिवसीय रञ्जी ट्रफी म्याच आज अन्तिम दिन बराबरीमा समाप्त भयो। यस टुर्नामेन्टभरि दुवै दलले उत्कृष्ट प्रदर्शन गरेका थिए।
सिक्किमले आफ्नो दोस्रो इनिङ्स 6 विकेट गुमाएर 329 रनमा घोषणा गर्दै 297 रनको अग्रता बनाएको थियो। सीमित समय बाँकी रहेकाले दुवै टोलीले आपसी सहमतिमा खेल रद्द गर्ने निर्णय गरे, जसको परिणामस्वरूप खेल बराबरीमा सकियो।
बिहानको सत्रमा शुरुमै चार विकेट लिएपछि मणिपुर बलियो स्थितिमा देखिएको थियो। यद्यपि, गुरिन्दर सिंह र क्रान्ति कुमार बीचको लचिलो साझेदारीले सिक्किमको इनिङलाई स्थिर बनायो र मणिपुरको परिणाम निकाल्ने सम्भावनालाई ध्वस्त पारिदिए। दुई खेलाडीले 155 रन बनाए भने गुरिन्दर सिंहले 100 रन पूरा गर्दै नटआउट रहे। उनी पहिलो इनिङमा शतक लगाउन चुकेका थिए। यसैगरी, क्रान्ति कुमारले 63, आशीष थापाले 45 र अरुण छेत्रीले 41 रनको योगदान दिए।
मणिपुरले पहिलो इनिङको बढतको आधारमा यस म्याचमा तीन अङ्क हासिल गऱ्यो। सिक्किमले आफ्नो पहिलो इनिङमा 308 रन बनाएको थियो भने प्रतिद्वन्दी मणिपुरले 340 रन बनाएको थियो। मणिपुरका प्रियोजितलाई 102 रन बनाउॅंदै उत्कृष्ट प्रदर्शन गरेकोमा प्लेयर अफ् द म्याच चयन गरियो।
हिन्दुस्थान समाचार / बिशाल