खड़गपुर-बालेश्वर राष्ट्रिय राजमार्गमा दुर्घटना, तीन घाइते
खड़गपुर-बालेश्वर राष्ट्रिय राजमार्गमा दुर्घटना, तीन घाइते


पश्चिम मेदिनीपुर, 19 अक्टोबर (हि. स.)। जिल्लाको खड़गपुर–बालेश्वर राष्ट्रिय राजमार्ग-16 मा आइतवार भएको एक सड़क दुर्घटनामा तीनजना मानिसहरू घाइते भए। दुर्घटना बेलदा थाना क्षेत्रको श्यामपुर क्षेत्रमा भएको हो।

जानकारी अनुसार दुईजना युवकहरू मोटरसाइकलमा सवार भएर खड़गपुर तर्फ गइरहेका थिए यसै क्रममा विपरीत दिशाबाट आइरहेको साइकल सवारले अचानक मोड़िने चेष्टा गरे जसले गर्दा मोटर साइकल चालकको नियन्त्रण बिग्रियो अनि बाइक र साइकल आपस्तमा ठोक्कियो। यस घटनामा साइकल सवार सहित दुई बाइक सवार गम्भीर रूपमा घाइते भए।

सूचना पाउनसाथ राष्ट्रिय राजमार्ग प्राधिकरण तथा बेलदा थाना पुलिस घटनास्थलमा पुग्यो। पुलिसले बतायो, घाइते साइकल सवारको नाम सुनिल मुर्मू, निवासी खालिना हो भने घाइते बाइक सवारहरूको पहिचान सुदीप सिंह (निवासी–आहारमुण्डा)-को रूपमा भएको छ। तीनै घाइतेहरूलाई मेदिनीपुर मेडिकल कलेज एवं अस्पतालमा भर्ती गरियो। पुलिसले दुर्घटनाग्रस्त मोटरसाइकल र साइकललाई जफ्त गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande