काली पूजाको उद्घाटन समारोहमा गइरहेका शुभेन्दुको लस्करमा हमला
काली पूजाको उद्घाटन समारोहमा गइरहेका शुभेन्दुको लस्करमा हमला


दक्षिण 24 परगना, 19 अक्टोबर (हि. स.)। राज्य विधानसभामा नेता प्रतिपक्ष औ नन्दीग्रामका भाजपा विधायक शुभेन्दु अधिकारीलाई आइतवार रायदिघी विधानसभाको सातघरा जाने क्रममा तृणमूलकी महिला कार्यकर्ताहरूको विरोधको सामना गर्नु पऱ्यो।

प्राप्त जानकारी अनुसार शुभेन्दु काली पूजा मण्डपको उद्घाटन गर्न गइरहेका थिए। उनको आरोप छ, उनको वाहनलाई रोक्ने र हमला गर्ने चेष्टा गरियो। घटनापछि तृणमूल तथा भाजपाबीच तीव्र राजनीतिक बयानबाजी शुरू भएको छ।

जानकारी मुताविक शुभेन्दु अधिकारी दक्षिण विष्णुपुर मोड़ नजिकमा पुगेपछि तृणमूल महिला कार्यकर्ताहरूले हातमा पोस्टर बोकेर सड़कलाई जाम गरिदिए। उनीहरूको गलामा झुण्डिएका पोस्टरहरूमा लेखिएको थियो, “बंगालका श्रमिकहरूमाथि अत्याचार गर्न बन्द गर अनि राजनीति गर”,“गरीबहरूको घरको पैसा फर्काइदेउ अनि राजनीति गर, सय दिनको पारिश्रमिक देऊ।”

उनीहरूको आरोप थियो, शुभेन्दु अधिकारीले विद्वेष र घृणाको राजनीति गरिरहेका छन् जसलाई तुरून्त बन् गर्नुपर्छ साथै जनताप्रति उनी जवाफदेही हुनुपर्छ।

काली पूजाको उद्घाटन गरेपछि शुभेन्दु अधिकारीले आरोप लगाए, मेरो कारमा होइन, ममाथि हमला गरिएको छ। म कारभित्र थिएँ त्यसैले बचे- यी मानिसहरू बर्बर छन्।

उनले अझ भने, मलाई धार्मिक कार्य गर्नदेखि रोकिँदैछ। दुई ठाउँमा मलाई रोक्ने प्रयास गरियो, तर उनीहरू सफल भएनन्। शुभेन्दुको दाबी छ, उनीमाथि ज्यानमारा हमला गर्ने प्रयास गरियो। म यहाँ ंराजनीतिक कार्यक्रम गर्न आएको थिइनँ, धर्मपालन गर्न आएको थिएँ। तर पनि हमला गरियो। यस राज्यमा हिन्दुहरूलाई आफ्नो धर्म पालन गर्ने अनुमति दिरहेको छैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande