दक्षिण 24 परगना, 19 अक्टोबर (हि. स.)। जिल्लाको पाथरप्रतिमामा आइतवार आयोजित एक सभा अवधि राज्य विधानसभाका नेता प्रतिपक्ष शुभेन्द अधिकारीको उपस्थितिमा राष्ट्रपति शासन लागू गर्ने माग उठ्यो। सभामा उपस्थित भीड़बाट केही मानिसहरूले एकै स्वरमा नारा लगाए- “राष्ट्रपति शासन चाहिन्छ!
भीड़बाट यस्तो माग उठिरहेको समय शुभेन्दु अदिकारी मञ्चमा माइक लिएर उभिएका थिए। यस अवधि उनले भने, जनताको आवाज उठाउनुहोस्।मेरो हातमा भएको भए एक घण्टाभित्रमै राष्ट्रपति शआसन लागू गरिदिन्थें।
शुभेन्दु अधिकारीको यस बयानलाई लिएर तृणमूल कंग्रेसले चर्को प्रतिक्रिया व्यक्त गरेको छ। पार्टीका प्रवक्ता तनमय घोषले भने, नेता प्रतिपक्ष भएर उनले लोकतन्त्रलाई अन्त गर्ने कुरा कसरी गर्न सक्छन्? राष्ट्रपति शासन विशेष परिस्थितिमा लागू गरिन्छ। कुनै लोकतन्त्र-प्रेमी व्यक्तिले यसप्रकारको माग गर्दैन। उनले निराशमा यस्तो कुरा गरिरहेका छन्, किनभने भाजपाको सीट घट्दै गइरहेको छ र सत्तामा आउने सम्भावना साप्त भइसकेको छ।
यसै दिन पाथरप्रतिमा र कुलतलीमा शुभेन्दु अधिकारीको लस्करलाई ‘गो ब्याक’- को नारा एवं कालो झण्डाको सामना गर्नु पऱ्यो। आन्दोलनकारीहरूको भनाइ थियो, यो विरोध केन्द्र सरकारको बंगालप्रति उपेक्षाको विरोधमा थियो।
तृणमूलले यस घटनालाई “जनताको आक्रोश” बतायो।
वास्तवमा शुभेन्दु अधिकारीले राष्ट्रपति शासनको मुद्दा उठाएको यो पहिलो अवसर होइन। आरामबागको एक सभामा पनि उनले भनेका थिए, “नो एसआईआर, नो इलेक्शन। यदि राष्ट्रपति शासन लागू भयो भने तृणमूल कंग्रेसको अस्तित्व 24 घण्टाभित्रमै समाप्त हुन्छ। माकपा मात्र केही हदसम्म बच्नेछ, तर तृणमूलको नाम-निशान मेटिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा